२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नेपालगञ्ज उपमहानगरलाई ३० हजारको राहतसामाग्री हस्तान्त्रण



सदरलाइनडटकम,
नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरोना भाइरस महामारीबाट बच्न आव्हान गरिएको लकडाउनको बिषम परिस्थितिमा बिपन्न तथा ज्यालादारी गर्ने समुदाय तथा विद्यार्थीलाई राहत सामाग्री वितरण गर्न नेपालगञ्ज उपमहानगरपालिकालाई राहत सामाग्री हस्तान्त्रण गरिएको छ ।

 

गोलोबल आइएमई बैंकका कर्माचारी तथा समजसेबी राजु शाहीको नेतृत्व र बिद्यार्थी नेता इन्द्र बस्नेतको सहकार्यमा हाम्रो चौतारी ग्रुपद्वारा नेपालगञ्ज उपमहानगरपालिकका मेयर डा. धवल शम्शेर राणालाई ३० हजार बराबरको राहात सामाग्री हस्तान्तरण गरिएको हो ।

 

हस्तन्त्रण गरिएको राहत सामाग्रीमा चामल १८ बोरी, तेल २ पेटी, दाल १ बोरी, नुन ५० किलो गरी ३० हजार बराबरको खाद्यान्न हस्तान्त्रण गरिएको विद्यार्थी नेता बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ वैशाख १२ गते शुक्रबार
ताजा समाचार