२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

एकता युवाक्लव पुरैनाद्वारा राहत बितरण



सदरलाइनडटकम,
नेपालगञ्ज : विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि अाव्हान गरेको लकडाउनकाे प्रभावका कारणबाट साझ बिहानकाे समस्यामा परेकाहरुलाई राहात उपलब्ध गराउन थालिएको छ ।

एकता युवा क्लब पुरैनी २२ बाट कलबका अध्यक्ष राजेश कुमार यादवको अध्यक्षतामा ३२ घर बिपन्न परिवारलाई राहत बितरण गरिएकाे स्थानीय चेतबहादुर घर्तीले जानकारी दिए ।

साे राहतमा १० किलाे चामल, १ पोका तेल, खुर्शानी, आलु १ किलाे, नुन एक पोका साबुन १पिस सोयाबिन र माक्स रहेकाे छ ।

साे कार्यमा बिमलकुमार साहु, राजेश कुमार यादव, ओम जंग राणा लगायतकाे सहयाेगमा राहत संकलन गरि बितरण गरिएको हाे ।

प्रकाशित मिति : २०७६ चैत २१ गते शुक्रबार
ताजा समाचार