सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज जेसिजले राहतस्वरुप खाद्यान्न उपलब्ध गराएको छ । जेसिजका अध्यक्ष प्रज्वल श्रेष्ठले राहतस्वरुप चामल, दाल र तेल नेपालगञ्ज उपमहानगरपालिका हस्तान्तरण गरेका हुन् । २५ केजीको १३ बोरा चामल, २५ केजिको २ बोरा दाल र ५ पोका तेल उपमहानगरपालिकालाई प्रदान गरिएको हो ।
समस्यमा रहेका मजदुर, किसान, विपन्न बर्ग, विद्यार्थीहरुलाई वितरण गर्नका लागि नेपालगञ्ज उपमहानगरलाई प्रदान गरिएको जेसिजका अध्यक्ष श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पनि नेपालगञ्ज जेसिजका सदस्यहरुबाट आवश्यक परेको ठाउँमा सक्रियताको साथ उभिने उनले बताए ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा जेसिजका महासचिव माधब बेलबासे, उपाध्यक्ष आशिष आनन्द, सदस्य हिमान्चल बर्नवाललगायतको उपस्थिति रहेको थियो ।
