२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

मुस्लिम समाजले शनिबार सातसय विपन्न परिवारलाई खाद्यान्न बाड्ने



सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाईरसको संक्रमण फैलनेत्रासका कारण गरिएको लकडाउनले मजदुर र असायहरुको दैनिक जिविकोपार्जनमा समस्या पुगेको भन्दै नेपालगञ्जका मजदुर र असायहरुलाई राहात बितरण गरिने भएको छ ।

मुस्लिम समाजले शनिबार नेपालगञ्जमा राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गर्ने जनाएको छ । नेपालगञ्ज उपमहानगर पालिका भित्र बस्ने मजदुर र असायहरुको लगत संकन गरेर शनिबार घर–घरमै पुगेर निःशुल्क खाद्यान्न सामाग्री वितरण गरिने मुस्लीम अगुवा मेराज अहमद हलुवाई हिमालयले जानकारी दिए ।

देशभरी गरिएको लकडाउनले ज्याला मजदुरी गरि जिविकोपार्जन चलाउनेहरुको साँझ विहानको छाक टार्न मुस्कील भैरहेको गुनासो आएपछि समाजले करिव सात सय परिवारलाई खाद्यान्न बाड्ने योजना बनाएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ चैत १४ गते शुक्रबार
ताजा समाचार