२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोनाबिरुद्ध सचेत हुन प्रेस संगठन बाँकेको अपिल



सदरलाइनडटकम,

 

नेपालगञ्ज :  प्रेस संगठन बाँकेको प्रथम पुर्णकालीन बैठक शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ ।

सो बैठकले कोरोना भाइरस संक्रमण हुन नदिन सचेत र सजग भइ काम गर्न सम्पूर्ण संचारकर्मीमा अपील गरेको छ ।

बैठकले पत्रकार खगेन्द्र दाहाल र रामु ओलीलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित समेत गरेको जनाईएको छ ।

प्रेस संगठन बाँकेका संयोजक डक्टप्रसाद धितालको अध्यक्षतामा बसेको बैठकमा संगठनका आगामी रणनीति र सचिवालय गठनका सम्बन्धमा समेत छलफल भएको संगठनका सह–संयोजक हेमन्त विकले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत ७ गते शुक्रबार
ताजा समाचार