२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

लयान्स डेन्टल अस्पतालमा बाँकेमा ४० बेडको आईसोलेसन अस्पताल



सदरलाइनडटकम,
नेपालगञ्ज  :  विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन नेपालगन्जमा ४० बेडको आईसोलेसन तयार पारीएको छ ।

लायन्स डेन्टल अस्पताल खजुरारोडको माथिल्लो तलमा ३–३ फिटमा बेड राखेर आईसोलेसन अस्पताल तयार पारीएको हो ।

लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५–२ का संस्थापक डिस्टिक गभर्नर सेम शाक्यले कोरोना भईरसको संक्रमण फैलिन नदिनको लागि आफुहरुको पहलमा लायन्स डेन्टल अस्पतालमा ४० बेडको आईसोलेसन तयार पारिएको जानकारी दिए ।

नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर अस्पतालमा ६–६ वटा बेडका दरले आईसोलेसन बेड तयार पारीएको भए पनि एकै पटक ठाउमा ४० बेडसम्मको अईसोलेशन तयार गरीएको हो ।

लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५–२ का पूर्व डिस्टिक गभर्नर मधुसुदन शर्माले नेपालगन्ज क्षेत्रमा क्रियाशिल रहेका लायन्स क्लवहरु सचेतनाको लागि विभिन्न खालका गतिविधि सञ्चालन गरिने जानकारी दिए ।

उनले कोरोनाको संक्रमणबाट जोगाउनको लागि लायन्सहरुको सक्रियतामा सीमा क्षेत्रमा हात धुने पानीको लागि ५ सय लिटरको टंकी, मोटर र पाईप उपलब्ध गराईएको तथा बाँके बर्दियामा रहेका २२ बढी क्लवले प्रति क्लवबाट पाँचसय मास्क तथा सचेतनामुलक पम्पलेट बोकेर जनस्तरमा पुग्ने तयारी गरेको बताए ।

प्रकाशित मिति : २०७६ चैत ९ गते आइतबार
ताजा समाचार