२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोना विरुद्धको अभियानमा लायन्सले विभिन्न क्षेत्रमा सहयोग गर्दै



सदरलाइनडटकम,
नेपालगञ्ज :  विश्वब्यापी फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले आव्हान गरेको लकडाउनको बेलामा लायन्सले मानविय सहयोग सुरु गरेको छ ।

लायन्सका पूर्व ईन्टरनेशनल डाईरेक्टर सञ्जय खेतानको नेतृतवमा पूर्वी नेपालमा लकडाउन प्रभावितहरुलाई विभिन्न मानविय सहयोग बितरण गर्नुको साथै उपचारको लागि आबश्यक पर्ने पर्शनल प्रोटेक्टीभ ईक्यूपमेन्ट (पिपिई), सेनिटाईजर उपलब्ध गराएको छ ।

लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का संस्थापक डिस्टक गर्भनर शेमराज शाक्यले लायन्सका पूर्व ईन्टरनेशनल डाईरेक्टर सञ्जय खेतानको पहलमा विभिन्न अस्पतलको लागि आवश्क पर्ने पिपिई ५ सय पिस र १ हजार लिटर सेनिटाईजर बितरण गरीएको जानकारी दिए ।

उनले कोरोनाको संक्रमण फैलन नदिनको लागि आव्हान गरिएको लकडाउनमा परेर साँझ बिहानको समस्या भएकाहरुलाई लक्षितगरी बिरगन्ज, बुटवललगायतका स्थानमा खाद्यान्न समेत बितरण गरिएको बताए ।

यसैगरी लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ क्षेत्रनंं ६ बाँके बर्दियाका क्लवहरुको पहलमा कोरोना संक्रमणको उपचारको लागि आवश्यक हुने पिपिई ५० थान भेरी अस्पताललाई दिने तयारी गरीएको उनले बताए ।

उनले हाल १० वटा नेपालगन्ज आईसकेको र ४० वटा एकदुई दिनमा काठमाण्डौबाट ल्याउने तयारी भई रहेको जानकारी दिदै सम्पूर्ण लायन्सकर्मीलाई विपदमा सहयोग गर्नको लागि आव्हान गर्दै लकडाउनको कारण प्रभावितको सेवामा जुट्न स्थानीय सरकारसंगको समन्वयमा आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार
ताजा समाचार