२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

लकडाउनको असर सुरु : राप्ती सोनारी–२ मा नुनतेल खाद्यान्न अभाव आपूर्तीको लागि धनाकर्षण



सदरलाइनडटकम,
नेपालगञ्ज  :  कोबिड–१९ (नोबल कोरना) भाईरसको संक्रमणबाट जोगिन आव्हान गरेको लकडाउनका कारण दैनिक उपभोग्य बस्तुको अभाव देखिन सुरु भएको छ ।

बाँकेको राप्ती सोनारी गाउपालिका–२ वडा अध्यक्ष मदनकुमार ओलीले लकडाउनको कारण आफ्नो वडामा नुन तेल लगायतका खाद्यान्न अभाव भएको बताए ।

उनले सदरलाइनसंग कुरा गर्दै भने–‘लकडाउनको कारण नुन, तेल खाद्यान्न जास्ता अत्यावश्यक सामानको अभाव भयो नत सिडियो सावको फोन उठ्छ । यी अत्यावश्यक सामाग्री कसरी उपलब्ध हुन्छ जानकारी गराई दिन पर्यो ।’

सरकारले लकडाउनमा पनि अत्यावश्यक सामाग्रीको अभाव हुन नदिने बताउदै आएको छ । नेपालगञ्जबाट केही किलोमिटरको दुरीमा खाने नुन, तेल जस्ता सामाग्री अभाव हुँदा कसरी आपूर्ती गर्ने आफुहरु समस्यामा परेको उनले बताए ।

प्रकाशित मिति : २०७६ चैत १५ गते शनिबार
ताजा समाचार