२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोनाको सूचना लागि नेपालगञ्ज उपमहानगरद्वारा टोल फ्रि नंम्बर जारी



सदरलाइनडटकम,
नेपालगञ्ज  :  कोबिड–१९ (नोबल कोराना भाईरस) को संक्रमण फैलनबाट जोगाउन अहिलेको विषम परिस्थितिलाई मध्येनजर गर्दै नेपालगञ्ज उप–महानगरपालिकाले निशुःल्क टोल फ्रि नम्बर सुचारु गरेको छ ।

कोरोना भाईरससंँग सम्बन्धित सूचना दिनुपर्ने अथवा सूचना लिनुपर्ने कुनै पनि जानकारी भएमा उपमहानगरले सुचारु गरेको टोल फ्रि नम्बर १६६०८१५२०५२ मा कल गर्न सकिने छ ।

यो नंम्बरमा फोन गर्दा कुनै पनि पैसा लग्दैन ।

यस टोल फ्रि नम्बरमा भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डे, स्वास्थ्य कार्यालय बाँकेका नरेश श्रेष्ठ, नेपाली सेनाका क्या. विकास र नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द सिधै सम्पर्कमा आउने जनाईएको छ ।

प्रकाशित मिति : २०७६ चैत १४ गते शुक्रबार
ताजा समाचार