२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कालोबजारी रोक्न बर्दियामा अनुगमन तीब्र



सदरलाइनडटकम,
बर्दिया : कोरोना भाइरस फैलिन सक्ने आशंकामा हुने कालोबजारीलाई रोक्न बर्दियामा बजार अनुगमन तीब्र पारिएको छ । दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन गुलरिया नगरपालिकाले बजार अनुगमन तीव्र पारेको हो ।
गुलरिया नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बर्दिया, उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हकहित संरक्षण केन्द्रसहितको टोलीले बजार अनुगमन गरेको हो ।
विभिन्न सामग्रीहरुको अभाव हुन नदिनका लागि अनुगमन शुरु गरिएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण अधिकारीले जानकारी दिए गुलरियामा रहेको गणपति आयल स्टोर्स खैरापुर, हिमालयन आयल स्टोर्स तुलापुर, बाबा आयल स्टोर्स गुलरिया र निलो आयल स्टोर्समा बिहीवार अनुगमन गरिएको हो । अनुगमनमा आयल स्टोर्सहरुमा खरिद बिक्रीदेखि स्टकसम्म निरीक्षण गरिएको थियो ।

प्रकाशित मिति : २०७६ चैत ६ गते बिहीबार
ताजा समाचार