सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाको समाबेशी किशोरी क्लबले बालविबाह बिरुदको सचेतना अभियान अन्तरगत गाउँपालिकाको सोनपुर बस्तीमा घरदैलो कार्यक्रम संचालन गरेको छ ।
क्लवका अध्यक्ष लोकमाया परियारले स्थानीय २० जना किशोरीहरुको नेतृत्वमा सुरु गरिएको सो जनचेतना मुलक कार्यक्रममा वडा नं.७ का अध्यक्ष तथा प्रहरी बृत्तका प्रहरीले पनि साथ दिएको बताईन ।
उनले सो स्थानमा रहेका ५० घरधुरीमा संचालन गरेको कार्यक्रममा अभियानमा सक्रिय किशोरीहरुले समुदायलाई वालबिवाहका नकारात्मक प्रभाव, यसको कानूनी प्राबधानको बारेमा समुदायलाई परामर्श दिंदै आफ्नो छोराछोरीको, नातीनातिनीको २० वर्ष नपुगी बिबाह नगर्नका लागि सम्झाउँदै प्रतिबद्धता पत्रमा हस्ताक्षर पनि गराईएको जानकारी दिईन ।
सो अवसरमा जनचेतनाका लागि ‘बालबिवाहलाई नाईं भनौं’ भन्ने स्टीकर पनि टाँस गर्नुको साथै उनीहरुले समुदायलाई ब्यक्तिगत घटना दर्ता (जन्म, बिबाह, मृत्यु) को बारेमा पनि जानकारी गराईएको थियो ।
अभियानमा समुदायले किशोरीहरुलाई पनि कानून कहिलेदेखि लागूभएको भन्ने बारेमा प्रश्न सोधी प्रष्ट भएका थिए । समाबेशी किशोरी क्लब प्लान ईन्टरनेशनल नेपाल तथा स्याक नेपालको साझेदारीमा सञ्चालित बालबिवाह रोकथाम परियोजना अन्तर्गत गठन भई बाल बिबाह बिरुद्धको बिभिन्न अभियानहरु सचेतना ¥याली, सडक नाटक, स्टीकर अभियान, स्थानीयतहमा ज्ञापन पत्रबुझाउने र बालबिबाह न्यूनीकरणमा सरकारलाई दबाबसिर्जना गर्ने लगाएतका गतिविधि सञ्चालन गर्दै आईरहेको क्लवका उपाध्यक्ष प्रेमकला गोसाईंले जानकारी दिईन ।
क्लवका उपाध्यक्ष गोसाईंले सो अभियान बिस्तारै पालिकाको सबै वडाहरुमा विस्तार गर्दै संचानल गर्ने योजना तयार गरे अनुरुप आफुहरु सक्रिय रहेको बताईन ।








प्रतिक्रिया दिनुहोस्