२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

सजिलो वित्तिय संस्थाको शाखा विस्तार



सदरलाइनडटकम,
कोहलपुर (बाँके) : नेपाल राष्ट्र बैकं नेपालगञ्जका निर्देशक बिमल राज खनालले कर्जाका लागि तछाड मछाड गर्दै बहु कर्जा नलिन सर्वसाधारणलाई आग्रह गरेका छन् । बहुकर्जाले मान्छेका घरबार तहस नहस भएको समाचार आइरहेको भन्दै उनले समयमै यस्तो प्रबृति नियन्त्रण हुनुपर्नेमा जोड दिए ।
कोहलपुरमा मंगलवार सजिलो लघुबित्त बित्तीय संस्था लि. कोहलपुर शाखा शुभारम्भ समारोहको उदघाटन गर्दै निर्देशक खनालले ९० वटा घ बर्गको बित्तीय संस्थाले नेपाल राष्ट्र बैकंबाट बित्तिय कारोबार गर्न इजाजत लिएको जानकारी दिए । बाँके राप्तिपारीका ग्रामिण इलाकाका जनतामाझ बित्तिय कारोबारमा पहुंच पुरयाउन राष्ट्र बैकले केहि बित्तिय संस्थालाई निर्देशन दिइसकेको जानकारी दिए ।
कार्यक्रममा कोहलपुर चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले नेपालमा राजनैतिक आन्दोलन करिब सकिएको चर्चा गर्दै अबको आन्दोलन आर्थिक क्रान्तिको भएको बताए । बहु कर्जा लिने ब्यक्ति डुबेरैछाडने ठोकुवा गर्दै अध्यक्ष श्रेष्ठले बढि ब्याज पाउने आशामा बित्तिय संस्थाबाट कर्जा लिएर अरुलाई दिने परिपाटिको अन्त्य हुनुपर्नेमा जोड दिए ।
उद्योग बाणिज्य संघ कोहलपुरका उपमहासचिब मातृका सापकोटाले बित्तिय संस्थाहरुले कोहलपुरको मुटुमै शाखा खोल्ने परिपाटिलाई चिर्दै सजिलो बित्तिय संस्थाले कोहलपुरको हवलदारपुरमा कार्यालय स्थापना गरेर बित्तिय कारोबार गर्न लागेको प्रति खुशि ब्यक्त गरे । जग्गा जमिन नभएका र धितो कर्जा लिंदा अड्डाहरुमा हुने झमेलाबाट मुक्ति प्राप्तिका निम्ति सजिलो लघु बित्त कोशेढुङ्गा साबित हुनेमा जोड दिए । उद्यमीहरुलाई बिना धितो तीन लाख दिनु चानचुन कुरा नभएको भन्दै उपमहासचिव सापकोटाले सजिलो लघुबित्तले जनतालाई सजिलो तुल्याइदिएको औंल्याए ।
महिला समाजसेवा बचत तथा ऋण सहकारी संस्था लि. कोहलपुरका अध्यक्ष मिना सिग्देलले महिलाहरु पतिको कमाइमा मात्र निर्भरता गर्ने निरन्तर युगको अन्तय भएको भन्दै लघु कर्जाले महिला उद्यमशिलता र उनीहरुको शशत्तिकरणमा जोड दिएको बताइन । सजिलो लघु बित्त बित्तिय संस्था लि. का नायब निर्देशक पुर्ण पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रबन्ध सञ्चालक डा. खेमराज भेटवाल, ग्रामिण लघु बित्त बित्तिय संस्थाका अधिकृत चोपराज ढकाल, सुर्योदय लघु बित्त बित्तिय संस्थाका प्रबन्धक कबिन्द्र शर्मा, मेरो लघु बित्त बित्तिय संस्थाका प्रबन्धक पुर्णप्रसाद शर्मा लगायतको उपस्थिती रहेको थियो संस्थाका विजय लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ फागुन २१ गते मंगलबार
ताजा समाचार