२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

सरकारविरुद्ध बाँकेमा पनि  काँग्रेसको प्रदर्शन



सदरलाइन /राज सुवेदी, सौजन्य श्रेष्ठ , 
नेपालगन्ज  : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलवार बाँकेसहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले बाँकेसहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको हो ।
बर्तमान सरकारले बढाएको कर तथा मुल्यबृद्धि र विगतको काँग्रेस नेतृत्वको सरकारले गरेका नीतिगत निर्णय खारेजीको बिरोधमा कांँग्रेस बाँकेले नेपालगन्ज बजारको परिक्रमासहित बिरोध प्रर्दशन गरेको हो ।
केन्द्रीय कार्यसमितिको निर्णय अनुसार प्रर्दशन गरिएको कांग्रेस बाँकेकी सभापति किरण कोईरालाले बताइन् । उनले बर्तमान सरकारको ज्यादतीपूर्ण कार्य तथा अधिनायकबादी सोचको विरोधमा आफुहरु आन्दोलनमा उत्रिनु परेको स्पष्ट पारिन ।
नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयबाट शुरु भएको बिरोध ¥याली विपीचोक, त्रिभुवनचोक, त्रिबेणी मोड, धम्बोझी चोक हुँदै पुनः विपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ ।
कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार सरकार अघि बढ्नुको साटो कानुनी शासनको खिल्ली उडाएको आरोप लगाएका थिए ।
पार्टीका सचिव कफिदेव शर्माले सञ्चालन गरेको सो कोणसभामा नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोईराला, प्रदेस सांसद सुरेन्द्र हमाल, पूर्व सांसद मैकुलाल बाल्मिकी, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा, नेवि संघ बाँकेका अध्यक्ष पुष्प आचार्य, नेपाली काँग्रेस क्षेत्रीय सभापति मो. नक्की खाँ लगायतले सम्बोधन गरेका थिए । प्रशिक्षार्थी   

प्रकाशित मिति : २०७५ साउन १५ गते मंगलबार
ताजा समाचार