२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

प्रदेश नं. ६ : माओवादी केन्द्रको संसदीय दलको नेतामा शाही



सुर्खेत, २४ माघ ।

नेकपा माओवादी केन्द्रले प्रदेश नं. ६ को संसदीय दलको नेता छनौट गरेको छ । आज बसेको संसदीय दलको वैठकले सांसद महेन्द्रबहादुर शाहीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको माओवादी केन्द्रका सांसद विन्दमान विष्टले जानकारी दिए ।

संसदीय दलको नेता चयन भएसँगै शाहीलाई मूख्यमन्त्री बन्ने बाटो खुलेको छ । पूर्वमन्त्री समेत रहेका शाहीले प्रदेश नं. ६ को मूख्यमन्त्री दावी गर्दै आएका छन् ।

मुख्यमन्त्रीका अर्का आकांक्षी नरेश भण्डारीले पनि संसदीय दलको नेतामा आफ्नो दावी गर्दै आएका थिए । तर अन्तिममा भने महेन्द्रबहादुर शाहीको नाममा सहमति जनाएका छन् ।

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश नं. ६ को मूख्यमन्त्री माओवादी केन्द्रले पाउनेछ । ४० सदस्यीय प्रदेशसभामा माओवादीका १३ जना सांसद छन् ।

यो प्रदेशमा नेकपा एमालेले पनि आजै संसदीय दलको नेता छनौट गरिसकेको छ । एमालेले पूर्वमन्त्री यामलाल कंडेललाई संसदीय दलको नेता चयन गरेको हो ।

नेपाली कांग्रेसले भने केही दिनमै टुंगो लगाउने गरी छलफल गरिरहेको बुझिएको छ ।
(साझा बिसौनीबाट)

प्रकाशित मिति : २०७४ माघ २५ गते बिहीबार
ताजा समाचार