२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

नेपालगन्ज उप–महानगरको फोहर व्यवस्थापनमा हिमालयन बैंकको साथ



सदरलाइनडटकम
१४ फागुन, नेपालगन्ज  : हिमालयन बैंक लिमिटेडले नेपालगन्ज उप–महानगरसंगको सहकार्यमा नगरमा फोहरमैला व्यवस्थापनको लागि आर्थिक सहयोग गरेको छ । उप–महानगरलाई सफा राख्नको लागि आफ्नो सामाजिक उत्तर दायित्व अन्तरगत बैंकले सो सहयोग गरेको हो ।
नेपालगन्ज उप–महानगरका प्रमुख डा. धवल शम्शेर राणालाई हिमालयन बैंक लिमिटेड नेपालगन्ज शाखाका प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले एकलाख पचास हजारको चेक हस्तान्त्रण गरे ।
सो रकम उप–महानगरले फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगरक्षेत्रमा सिसिटीभि जडान लगायतका कृयाकलापहरु प्रभावकारी बनाउने कार्यमा खर्चने छ । नेपालगन्ज शाखा प्रबन्धक श्रेष्ठले बंैंकको सो रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरिएको बताए ।
कार्यक्रममा आफ्नो संक्षिप्त प्रतिकृया व्यक्त गर्दै मेयर डा. राणाले नगर फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान जस्ता कार्य सबै नगरबासीको तथा संघ संस्थाको साझा कार्यक्रम भएकोले सबैको सहकार्यको आव्हान गर्दै सहयोगको लागि हिमालयन बैंकलाई धन्यबाद दिए ।
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका सूचना अधिकारी शरद पौडेल, प्रेस सल्लाहकार शुक्रऋषि चौलागाई, जनमत अर्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुके, नेपाल पत्रकार महासंघ बांकेका पूर्व अध्यक्ष रुद्र सुबेदी, नेपाल प्रेस युनियन बांकेका पूर्व अध्यक्ष नरेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २०७४ फागुन १४ गते सोमबार
ताजा समाचार