२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघ बाँकेले दशैमा ३ हजार खसी संकलन गरी बेच्दैे



सदरलाइनडटकम
८ असोज, नेपालगन्ज : सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघ बाँकेले यो वर्षको दशैमा ३ हजार खसी संकलन गरी विक्रि गर्ने लक्ष लिएको जानकारी दिएको छ । संघको विक्रि कक्ष ढकेरीमा हेफर ईन्टर नेशनलका अध्यक्ष तथा कार्यकारी निर्देशक पियर फेरारी सहितको टोली स्थलगत अनुगमन तथा खसी ढुवानी ट्रक हस्तान्त्रण कार्यक्रममा संघका अध्यक्ष गंगा शाहले सो जानकारी दिएकी हुन ।
उनले बितेका ३ दिनमा मात्र आफुहरुले १ करोड २१ लाख बारबरको कारोबार गरेको जानकारी दिदै भनिन–‘हामीले यो दशैमा ३ हजार खसि काठमाण्डौ र पोखरा पठाउने लक्ष लिएका छौ अहिले सम्म १ हजार १ सय बिढी संकलन गरेका छौ ।’ उनले भारतीय खसी व्यापारीले उधारोमा कारोवार गर्ने भएको कारण आफुहरुलाई कारोबार गर्न गाह्र भएको गुनासो समेत पोखिन ।
उनले सहकारी गठन भएको दुई वर्ष पुग्दै गर्दा खसी विक्रिबाट ५ करोड २ लाख ८४ हजार ५ सय ६४ को कारोबार भएको र सबैको सहयोग पाउन सके अझ बढी कारोबार गर्न आफुहरु सफल हुने दाबी गरीन । उनले आफुहरुले व्यावसायिक रुपमा बाख्रा पाल्न सुरु गरे संगै यो वर्ष नेपालगन्ज नाकाबाट अति नै न्यून खसि भित्रिएको बताईन ।
उनले जिल्लामा संकलन भएका खसी ढुवानीको लागि ट्रक सहयोग भएको जस्तै गरी गाँउ–गाउँबाट खसी संकलन गरेर विक्रि केन्द्रमा ल्याउनको लागि पनि सानो बोलेरो पिकअफको व्यवस्था गरिदिन आग्रह गरेकी थिईन । उनले अनावश्यक हुने असुली र ट्राफिक प्रहरीको हैरानीबाट जोगिन पनि अत्यन्त समस्या भएको गुनासो गरिन ।
हेफरका कार्यकारी प्रमुख पियर फेरारीले आफु अत्यन्तै प्रभावित भएको र आफुले सकेको मद्दत गर्ने बचन दिएका थिए । उनले नेपाल सरकारको पशुपन्छि मन्त्रालयसंग आफुले भारतीय तथा अन्य मुलुकबाट आयात गर्ने खसिमा रोक लगाउन र नेपाली महिलालाई व्यावसायिक बाख्रा पालनतर्फ आकर्षण बढाउन विभिन्न कार्यक्रमहरुमा सहयोगको हात बढाउने बताए । 

 

प्रकाशित मिति : २०७४ असोज ८ गते आइतबार
ताजा समाचार