Sadarline
२०८३ असोज २७ , मंगलबार

तीनै समूहले प्यानलगत उम्मेदवारी दर्ता गराए



  n2सदरलाइनडटकम
१ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको भदौ ११ गते हुने निर्बाचनका लागी तीन प्यानल लगायत स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन सचिवालयमा निर्वाचनमा मनोनयन दर्ता गराउन आफ्नो शक्ति प्रदर्शनको लागि जुलुससहित कपिल अधिकारी नेतृत्वको समाबेशी तथा साझा प्यानल, गोपाल अधिकारी नेतृत्वको प्रजातान्त्रिक प्यानल, र नन्दलाल बैश्य नेतृत्वको समाबेशी प्यानलले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
समावेशी प्यानलले जुलुस सहित सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराएको छ । अध्यक्ष पदका उम्मेदवार नन्दलाल बैश्यले नेतृत्व गरेको समावेशी प्यानलको ¥याली न्युरोड, त्रिवेणी चोक, त्रिभुवन चोक हुँदै उद्योग वाणिज्य संघको कार्यालयमा पुगेर मनोनयन गर्दा गराएको थियो ।
मनोनयन दर्तापछि निकै विश्वासका साथ बाहिरीएका समावेशी प्यानलका सम्पुर्ण उम्मेदवारहरुले समग्र ब्यवसायीहरुको पक्षमा न्यायपुर्ण काम गर्ने जिम्मेवारी बढेको प्रतिक्रिया दिएका थिए । उनीहरुले हार जित जे भए पनि आफुहरु सधै ब्यापारी, ब्यवसायीहरुको पक्षमा अडिग भएर उभिने प्रतिवद्धता समेत जनाएका छन ।n3
मनोनयन दर्ता पनि उद्योग वाणिज्य संघ अगाडी भएको कोणसभामा बोल्दै अध्यक्ष पदका उम्मेदवार बैश्यले आफु लगाएत आप्mनो टिमलाई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेका थिए । बिगतदेखि नै ब्यापारीहरुको हक, हितका लागि लडिरहेको उल्लेख गर्दै बैश्यले आगामी दिनमा समेत सबैलाई समान रुपमा मिलाएर लैजान आफु प्रतिबद्ध भएको बताए ।N1
पहिलो स्थानमा मनोनयन गर्दा गराएको समावेशी प्यानलले अध्यक्षमा नन्दलाल बैश्यलाई उठाएको छ भने उद्योगतर्फ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) र बाणिज्य तर्फ उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले दर्ता गराएका छन् । प्यानलबाट सदस्यहरुमा तारा खत्री रोकाय, आदेशकुमार अग्रवाल, श्याम सुन्दर अधिकारी, अहमद वाहिद अन्सारी (बब्लु), बिजय भण्डारी (बासु), अजय टण्डन, निरज गौतम, चिरन्जीवी ओली, हरीलाल न्यौपाने, अभयकुमार बस्नेत, टंकबहादुर धामी र राजेशकुमार बैश्यले उम्मेदवारी दर्ता गराएका छन् ।k2
यसैगरी एक बजेपछि कपिलप्रसाद अधिकारी नेतृत्वको समाबेशी तथा साझा प्यानलले न्यूरोडस्थित सचिवालयबाट जुलुससहित संघको कार्यालयमा उम्मेदवारी दर्ता गराएको छ । सो प्यानलबाट अध्यक्षमा अधिकारी, उपाध्यक्ष बाणिज्यतर्फ तनविर जमाल हलवाई र उपाध्यक्ष उद्योगतर्फ श्रीमती रचना श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।k3
सदस्यहरुमा उषा भण्डारी, चोलराज श्रेष्ठ, जहागीर मुसलमान, दशरथ चन्द, धर्मराज अर्याल, बिनोदकुमार राठी, बिबेककुमार श्रेष्ठ, भीमबहादुर रानाभाट, मन्दीरा पाण्डे, मालती शर्मा, राशिद कमाल र सत्यनारायाण बैश्यले उम्मेदवारी दर्ता गराए । k4
महिला, अग्रज ब्यवसायी, सानो लगानीका ब्यवसायीदेखि करोडौ लगानी गरेर ब्यापार गर्दै आएका ब्यवसायी र बुर्का लगाएर आएका मुस्लिम महिलाहरु समेतको सहभागिताले आफुहरुलाई उत्साहित बनाएको अध्यक्ष पदका उम्मेदवार अधिकारीले बतए । उनले भने,–‘¥यालीमा देखिएको सहभागिताले म सबैको प्रतिनिधित्व गर्दैछु भन्ने पुष्टि गर्छ ।’

g2
गोपालप्रसाद अधिकारी नेतृत्वको सो टिमले सवा तीन बजे उद्योग बाणिज्य संघमा पुगेर आप्mनो उम्मेदवारी दर्ता गराएको छ । संघका तर्फबाट अध्यक्षमा अधिकारी सहित उद्योग उपाध्यक्षमा प्रदिपकुमार गुप्ता र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतले उम्मेदवारी दर्ता गराए ।g1
यसैगरी सदस्यहरुमा हरिस चन्द्र श्रेष्ठ, धु्रबप्रसाद दाहाल, सालिकराम सुवेदी, शंकरकुमार थापा, टेकबहादुर खड्का, सरोवर प्रसाई, तपेन्द्र विक्रम शाह, रोहित टन्डन, फरीदुल हक, सफिक वेहना, सुनिल सिंघल र सुरेन्द्र बैश्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
अधिकारी नेतृत्वको टिमले न्यूरोडबाट ¥याली निकालेर उम्मेदवारी दर्ताका लागि संघ गएको थियो । त्यतीबेला ठूलो सङ्ख्याका उद्योगी व्यवसायीले अधिकारी नेतृत्वको पक्षमा शुभेच्छा प्रकट गरेका थिए ।
कंडेलको पनि उम्मेदवारी दर्ता13894995_164142317345022_5729330871269732166_n
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्रबाट सदस्य पदका उम्मेदवार तेजनारायण कंडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपालगन्जको धम्वोझीबाट बाजा गाजा सहितको र्याली निकालेर स्वतन्त्रबाट सदस्य पदका उम्मेदवार कंडेलले उम्मेदवारी दर्ता गराएका हुन् । बिहीबारबाट सम्पुर्ण व्यापारीहरुकहा घरदैलो अभियान थाल्ने उम्मेदवार कंडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७३ भदौ १ गते बुधबार
ताजा समाचार