Sadarline
२०८३ असोज २८ , बुधबार

‘यातायात व्यवसायलाई सरकारले नीतिगत रुपमा व्यवस्थापन गर्न सकेन’



13643923_1096033670443557_1931664316_n

सदरलाइनडटकम
२६ असार, नेपालगन्ज : प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले यातायात व्यवसायलाई सरकारले नीतिगत रुपमा व्यवस्थापन गर्न नसकेको बताएका छन् । उनले व्यावसायलाई व्यवस्थित गर्न यातायात व्यवसायी स्वयं अग्रसर हुनुपर्ने अवस्था आएको बताए ।
प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघको नेपालगन्जमा भएको भेरी कर्णाली अञ्चलस्तरीय प्रथम भेलालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन ।
उनले राज्यको यातायात व्यवसायी र व्यवसायलाई हेर्ने दृष्टिकोण नै ठिक नभएको भन्दै सरकारले कानूनतः व्यवसायलाई व्यवस्थापन गर्नुपर्ने बताउदै व्यवसायी र व्यवसायको सुरक्षा गर्नु राज्यको प्रथम दायित्व भएको र राज्य सो दायित्वबाट पञ्छिन नमिल्ने जीकीर गरे ।
प्रजातन्त्रमा नै व्यवसायिक विकास र प्रवद्र्धन हुने भएकाले व्यवसायिक संघ संगठनहरु सेवा दिने र अधिकार लिने काममा अग्रसर हुन आवश्यक रहेको उनको भनाइ छ । उनले राजनीतिक दल पनि व्यवसायीप्रति सकरात्मक र लोकतान्त्रिक व्यवहार प्रकट गर्नबाट विमुख हुन नहुने बताए ।
काँगे्रस बाँके सभापति किरण कोइरालाले यातायात व्यवसायीका साझा सवाल र मुद्धा उठानका लागि पार्टी सधैं क्रियाशिल रहने भनाई राखिन । संघका क्षेत्रीय संयोजक मनप्रसाद आचार्यको अध्यक्षतामा भएको भेलामा उपाध्यक्ष विजयवहादुर स्वाँर, सचिव केदार पौडेल, कागे्रस बाँके सचिव तप्त पौडेल लगायतले व्यावसायिको पक्षमा भनाई राखेका थिए ।
भेलामा करिव दुई दर्जन यातायात समितिका दुईसय बढी प्रतिनिधिको  सहभागिता रहेको जनाईएको छ ।यसैवीच सो भेलाले सुर्खेतका विष्णु बहादुर खड्काको संयोजकत्वमा २१ सदस्यीय अञ्चल कमिटी गठन गरेको छ ।  सो कमिटीका उपाध्यक्षमा बर्दियाका सम्भुप्रसाद रिजाल, सचिवमा बाँकेका निमबहादुर चलाउने, कोषध्यक्षमा सुर्खेतका प्रकाश अधिकारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा बाँकेका गोविन्द पौडेल, यज्ञबहादुर वली, विरन्द्र कुमार शाह, भिमसेन ढकाल, सुर्खेतका रमेश कुमार सापकोटा, श्यामलाल कंडेल, बर्दियाका महेश अचार्य, दैलेखका खगेन्द्रप्रसाद शर्मालगायत चयन भएको कमिटीका सदस्य गोबिन्द पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७३ असार ५ गते आइतबार
ताजा समाचार