जनसांस्कृतिक महासंघ बाँकेको छैंटौ जिल्ला सम्मेलन माघ १६मा हुँदै

१३ माघ २०७३, बिहीबार १३:११
 

सदरलाइनडटकम  
१३ माघ, नेपालगन्ज : जनसांस्कृतिक महासंघ बाँकेको छैंटौ जिल्ला सम्मेलन माघ १६ गते शहिद दिवशका अवसरमा भब्यताका साथ सम्पन्न हुने भएको छ । सो अवसरमा परिवर्तन एवं सम्बृद्धिका लागि कला, साहित्य र संगीत बिषयक अन्तरक्रिया, बहुभाषिक साहित्यीक गोष्ठि तथा जनबादी सांगितिक कार्यक्रम प्रस्तुत गरिने नेकपा एमाले सांस्कृतिक फांँटका इन्चार्ज अशोक कर्माचार्यले बताएका छन् ।
धेरै समयको अन्तरालपछि एमाले निकट जनबादी कलाकारहरु भेला हुंदै छ । पुराना जनबादी गायकहरुले जनबादी गीत तथा नृत्यहरु प्रस्तुत गर्ने जनसांस्कृतिक महासंघ बाँकेका अध्यक्ष पुर्णिमा पौडेलले बताएकी छन् । जनबादी संगीत र साहित्यलाई उपेक्षा गरेको महसुस भइरहेका बेला त्यसलाई चिर्न र जनबादी साहित्य, संगीतलाई अगाडी बढाउन जिल्ला भेला महत्वपूर्ण हुने पौडेलले बताईन ।
नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले जनबादी साहित्य, संगीतलाई प्रोत्सहान गर्न पार्टी लागि पर्ने बताएका छन् । भुमिगत राजनीति र राजनीतिक परिवर्तनमा जनबादी संगितको महत्वपूर्ण भुमिका रहेको भन्दै कोइरालाले एमाले बांकेले जनबादी कलाकालहरुलाई संगठित गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मध्य र सुदूरपश्चिमका कारागार व्यवस्थापन सुधारको लागि दुईदिने गोष्ठी नेपालगन्जमा

१३ माघ २०७३, बिहीबार १३:११
सदरलाइनडटकम     १३ माघ, नेपालगन्ज : मध्यपश्चिम क्षेत्रीय प्रसाशक वेगेन्द्रराज शर्माले कारागारको भौतिक पूर्वाधारमा व्यापक सुधार गर्दै खटिने कर्मचारीको मनोवल बढ्ने रणनीति अनुसार कार्य गर्नु पर्ने बताएका छन् । नेपालगन्जमा मध्य तथा सुदूरपश्चिमका कारागार प्रमुखहरुको लागि दुई दिने कारगार व्यावस्थापन तथा सूचना प्रणाली र बेरुजु संपरिक्षण कार्यक्रमको उद्दघाटन गर्दै उनले […]