समाचार सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा स्वागत गरेका छन् ।
- मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित दोस्रो ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ उद्घाटनका लागि भण्डारी बुटवल पुगेकी हुन् ।
- एमालेले उनलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि पहिलोपटक रुपन्देही पुगेकी भण्डारीलाई एमाले रुपन्देहीले स्वागत तथा सम्मान गरेको छ ।

बुटवल : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा स्वागत गरेका छन् ।
मदन भण्डारी फाउन्डेसनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ उद्घाटनका लागि बुटवल आएकी पूर्व राष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन ।
एमालेले भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उनी पहिलोपटक रुपन्देही आएकी हुन । यस अवसरमा एमाले रुपन्देही जिल्ला कमिटीले भण्डारीको स्वागत तथा सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो ।
कार्यक्रममा एमालेका जिल्ला तथा प्रदेशस्तरका नेता, जनप्रतिनिधि तथा कार्यकर्ताको सहभागिता थियो । भण्डारीलाई स्वागत गर्दै नेताहरूले पार्टीको वरिष्ठ नेताका रूपमा उनको भूमिकाको स्वागत गरेका थिए ।
भण्डारीले बुटवलमा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा नेपालका विभिन्न टोलीसँगै विदेशी टोलीको समेत सहभागिता रहेको छ ।

