बालसंरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

सदरलाइन संवाददाता १२ आश्विन २०८३, सोमबार १७:०९
 
समाचार सारांश
Generated Using AI
  • बर्दियाको राजापुर र गेरुवामा स्थानीय बालअधिकार तथा संरक्षण प्रणाली सुदृढ गर्न बालअधिकार समितिका सदस्यहरूको दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
  • तालिममा बालअधिकार, बालसंरक्षण, योजना निर्माण, समन्वय, अभिलेखीकरण, अनुगमन तथा जोखिममा रहेका बालबालिकाको संरक्षणबारे प्रशिक्षण दिइएको थियो।
  • सहभागीहरूले स्थानीय बालसंरक्षण संयन्त्रलाई प्रभावकारी बनाउँदै समन्वय, सहकार्य र जवाफदेहिता बलियो बनाउने प्रतिबद्धता जनाएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया : बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बालअधिकार तथा संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन स्थानीय बालअधिकार समितिका सदस्यहरूको दुईदिने क्षमता अभिवृद्धि तालिम सकिएको छ ।

प्लान इन्टरनेसनल नेपालको सहयोग तथ बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत तथा सो तालिमको आयोजना गरिएको थियो ।

समितिका सदस्यहरूको क्षमता मूल्याङ्कनबाट पहिचान भएका कमी तथा स्वीकृत क्षमता अभिवृद्धि योजनाका आधारमा तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

तालिमको मुख्य उद्देश्य स्थानीय बालअधिकार समितिका सदस्यहरूको बालअधिकार तथा बालसंरक्षणसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्नुका साथै सम्बन्धित सरोकारवालाबीच समन्वयलाई सुदृढ बनाउनु रहेको थियो ।

त्यस्तै, स्थानीय तहमा बालअधिकार तथा संरक्षणसम्बन्धी योजना निर्माण, कार्यान्वयन, अभिलेखीकरण, अनुगमन, सिफारिस तथा अनुगमनपछिको कार्यलाई प्रभावकारी बनाउने विषयमा समेत प्रशिक्षण दिइएको थियो ।

तालिमको पहिलो दिन राजापुर नगरपालिकाकी उपप्रमुख तथा बालअधिकार समिति संयोजक मनकला कुमारी चौधरीले बालविवाह, लागुऔषध तथा मादक पदार्थको दुव्र्यसन, कुपोषण र विद्यालय छाड्ने समस्या बाल संरक्षणका प्रमुख चुनौतीका रूपमा रहेको बताईन ।

उनले बालबालिकाका लागि सुरक्षित, समावेशी र सहयोगी वातावरण निर्माण गर्न सबै सरोकारवालाबीच प्रभावकारी समन्वय, सामूहिक जिम्मेवारी र निरन्तर प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिईन ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बालबालिकालाई लागुऔषध तथा अन्य हानिकारक गतिविधिबाट जोगाउन उचित हेरचाह, सकारात्मक मार्गदर्शन र समयमै संरक्षण आवश्यक रहेको बताए । उनले जोखिममा रहेका बालबालिकाको पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन तथा स्थानीय तहमा बाल संरक्षणका संयन्त्रलाई थप प्रभावकारी बनाउन सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राखे ।

तालिमको समापन कार्यक्रम राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, सल्लाहकार कमल पन्थी तथा सदस्य शंकरसिंह थारुसहित विभिन्न सरोकारवालाको सहभागिता थियो ।

समापन कार्यक्रममा उपप्रमुख तथा बाल अधिकार समिति संयोजक मनकला कुमारी चौधरीले बालबालिकामा गरिने लगानी परिवार, समुदाय र समग्र समाजको भविष्यमा गरिने दीर्घकालीन लगानी भएको बताए । राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष श्रेष्ठले स्थानीय बाल अधिकार समितिको स्थानीय बाल संरक्षण प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका रहने बताए ।

तालिमको सहजीकरण बिनय दिल लामाले गरेका थिए भने बाँके युनेस्को क्लबका संरक्षण अधिकृत विजय शर्माले तालिमका उद्देश्यबारे जानकारी गरायका थियो । कार्यक्रमको समग्र व्यवस्थापन तथा समन्वय सञ्जिता रिजालले गरेकी थिईन ।

दुईदिने तालिममा सहभागी सरोकारवालाले स्थानीय बालसंरक्षण संयन्त्रलाई थप प्रभावकारी बाउँदै समन्वय, सहकार्य र जवाफदेहितालाई बलियो बनाउने प्रतिबद्धता जनाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *