समाचार सारांश
- बर्दियाको बढैयाताल र गुलरियामा सुरक्षित भविष्य परियोजनाअन्तर्गत विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालासँग बैठक तथा अन्तरक्रिया सम्पन्न भयो।
- कार्यक्रममा बाल संरक्षण, सुरक्षित तथा समावेशी विद्यालय वातावरण, नियमित उपस्थिति र बालबालिकाको अर्थपूर्ण सहभागिताबारे छलफल गरियो।
- विद्यालय, परिवार र समुदायबीचको सहकार्य सुदृढ गर्दै बालमैत्री, गुणस्तरीय र सुरक्षित शिक्षा वातावरण निर्माणमा जोड दिइयो।

बर्दिया, : सुरक्षित भविश्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा विद्यालय व्यवस्थापन समिति तथा प्रमुख विद्यालय सरोकारवालाहरूसँग विभिन्न बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् ।
सो परियोजना प्लान ईन्टरनेशनल नेपालको सहयोगमा राधाकृष्ण थारु जनसेवा केन्द्र आरकेजेएस र बाँके युनेस्को क्लबको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन भइरहेको छ ।
बढैयाताल गाउँपालिकामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको संयुक्त बैठक सम्पन्न भयो । बैठकमा विद्यालयको समग्र सुधार, बाल संरक्षण, सुरक्षित तथा समावेशी विद्यालय वातावरण निर्माण र विद्यालय व्यवस्थापन समितिको प्रभावकारी भूमिका तथा नेतृत्व सुदृढीकरणका विषयमा छलफल गरिएको थियो ।
त्यसैगरी, गुलरिया नगरपालिकामा सुरक्षित भविश्य परियोजनाको कार्यक्षेत्रभित्र रहेका चार विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, प्रधानाध्यापक तथा बाल क्लबका प्रतिनिधिहरूसँग संयुक्त बैठक तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बाल संरक्षण तथा सुरक्षा, नियमित विद्यालय उपस्थिति, सिकाइको निरन्तरता, बालबालिकाको अर्थपूर्ण सहभागिता तथा विद्यालय, परिवार र समुदायबीचको समन्वय सुदृढीकरणका विषयमा छलफल भयो ।
कार्यक्रमले बालबालिकाका लागि सुरक्षित, समावेशी तथा बालमैत्री सिकाइ वातावरण निर्माण गर्न विद्यालय, परिवार, समुदाय तथा अन्य सरोकारवालाबीचको सक्रिय सहकार्य र साझा जिम्मेवारी अपरिहार्य रहेको कुरामा जोड दिएको थियो ।
कार्यक्रमको सहजीकरण सुरक्षित भविश्य परियोजनाका परियोजना संयोजक मनोज पौडेल र आरकेजेएसका कार्यक्रम अधिकृत राजेन्द्र चौधरीले सहजीकरणमा सहकार्य गरेका थिए ।
यी अन्तरक्रियात्मक कार्यक्रमहरूले विद्यालय तथा सरोकारवालाबीचको समन्वय, सहकार्य र साझा जिम्मेवारीलाई थप सुदृढ गर्दै बाल संरक्षण, गुणस्तरीय शिक्षा, बालबालिकाको अर्थपूर्ण सहभागिता तथा सुरक्षित र उज्ज्वल भविष्य निर्माणका लागि सामूहिक प्रयासलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


