समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि संरक्षण सम्बन्धी प्रशिक्षण सम्पन्न

सदरलाइन संवाददाता २९ भाद्र २०८३, सोमबार १९:३०
 
समाचार सारांश
Generated Using AI
  • मधुवन नगरपालिकामा सुरक्षित भविष्य परियोजनाअन्तर्गत समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणसम्बन्धी तीनदिने प्रशिक्षण तथा अभिमुखीकरण सम्पन्न भएको छ।
  • प्रशिक्षणमा बालअधिकार, बालविवाह, हिंसा, लागूऔषध दुरुपयोग, मानव बेचबिखन, घटना पहिचान, रिपोर्टिङ, रेफरल तथा फलोअपबारे छलफल गरिएको थियो।
  • सहभागीहरूले बाल संरक्षणका घटना न्यूनीकरण गर्दै समुदायस्तरमा संयुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया : सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा ‘समुदायमा आधारित बालसंरक्षण संयन्त्रको कार्यान्वयन तथा सुदृढीकरण’ विषयक तीनदिने प्रशिक्षण तथा अभिमुखीकरण सम्पन्न भएको छ ।

बाँके युनेस्को क्लबद्वारा सञ्चालित सो कार्यक्रममा स्थानीय सरकार, पालिकास्तरीय बालअधिकार समिति, वडा बालअधिकार समिति, नेपाल प्रहरी, बाल क्लब, एलुम्नी क्लब, धार्मिक तथा सामुदायिक अगुवा, युवा समूह, आमा समूह, बडघर सञ्जाल र धार्मिक सञ्जाल लगायत विभिन्न समुदायमा आधारित संरचनाका ठाकुरबाबा, मधुबन र बारबर्दिया नगरपालिका ३० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा बालअधिकार तथा संरक्षण, जोखिममा रहेका बालबालिकाको पहिचान, बालविवाह, हिंसा, दुव्र्यवहार, शोषण, लागूऔषध दुरुपयोग, मानव बेचबिखन, घटना पहिचान, अभिलेखीकरण, रिपोर्टिङ, रेफरल तथा फलोअपलगायत विषयमा छलफल गरिएको थियो ।

सो कार्यक्रममा केशव कोइरालाले सहजिकरण गरेको सुरक्षित भविष्य परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले परियोजना तथा प्रशिक्षणका उद्देश्य, सहभागीमूलक अभ्यास र सिआरसी तथा समुदायमा आधारित बाल संरक्षण संयन्त्रको भूमिका तथा जिम्मेवारी सम्बन्धी सत्र सहजीकरण गरेका थिए ।

उनले सिआरसी तथा समुदायमा आधारित बाल संरक्षण संरचना औपचारिक समितिमा मात्र सीमित नभई जोखिम पहिचान, तत्काल प्रतिक्रिया, रेफरल र फलोअप गर्न सक्ने सक्रिय तथा जवाफदेही संयन्त्रका रूपमा विकास हुनुपर्ने बताए ।

बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले सकारात्मक सोच, सहकार्य र समन्वय सम्बन्धी सत्र सहजीकरण गर्दै बालविवाह, लागूऔषध दुरुपयोग तथा अन्य हानिकारक अभ्यासविरुद्धको अभियान सफल बनाउन समुदायका सबै पक्षको निरन्तर सामूहिक प्रयास आवश्यक रहेको बताए ।

समापन समारोहका प्रमुख अतिथि मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले बाल संरक्षणका सवालमा स्थानीय सरकार तथा समुदायमा आधारित संयन्त्र अझ सक्रिय र जिम्मेवार बन्नुपर्ने बताउदै महिला तथा बालबालिका शाखा बालबालिकाहरूको संरक्षणका लागि चाहिँ स्थानीय बेरोजगार समिति नै बढी जिम्मेवार रहेकोले बालबालिका र युवाहरुसँग सम्बन्धित कार्यक्रमहरु डिजाइन गरी कार्यक्रम सञ्चालन गर्नका लागि विभिन्न साझेदार संस्थासँग सहकार्य गर्ने र कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

त्यसैगरी नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक रामलाल चौधरी र रोशनबहादुर पुनले बालविवाह लागु पदार्थ दुव्र्येसनी र मानव बेचबिखन सम्बन्धी कार्यहरू स्थानीय सरकार र विकास साझेदार संस्थाहरूसँग मिलेर काम गर्ने बालविवाह गर्नेलाई कानुनी कारबाही गर्न चाहिँ सर्वपक्ष सहयोग र सहकार्य गर्ने स्थानीय जनप्रतिनिधि तथा स्थानीय स्तरमा व्यवहारिक रुपमा मिलाइने जस्ता घटनालाई कानुनी प्रक्रिया अनुसार अगाडि बढाउनुपर्ने मा जोड दिएका थिए ।

त्यसैगरी ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजा चौधरीले बालबालिकाको संरक्षणबाट बचाउनको लागि सर्वपक्षीय साझा अभियानको रुपमा अगाडि बढाउनुपर्नेमा प्रष्ट पारे ।
त्यसैगरी बारबर्दिया नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष रामफेरन थारुका अनुसार बालविवाह मुक्त वडा घोषणा पश्चात पनि विभिन्न सचेतनाका कार्यक्रमहरु अनुगमन लाई निरन्तरता दिनुपर्ने जानकारी गराए ।

कार्यक्रमबाट सहभागीहरूले बाल संरक्षणका घटनाको पहिचान, रिपोर्टिङ, रेफरल तथा फलोअपलाई प्रभावकारी बनाउँदै बालविवाह, हिंसा, लागूऔषध दुरुपयोग र अन्य हानिकारक अभ्यासविरुद्ध समुदायस्तरमा संयुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बालबालिकाको सुरक्षा केवल एउटा संस्था वा निकायको जिम्मेवारी होइन; सुरक्षित, सम्मानित र उज्ज्वल भविष्य निर्माणका लागि परिवार, समुदाय, स्थानीय सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता र निरन्तर सहकार्य आवश्यक छ । होइन; सुरक्षित, सम्मानित र उज्ज्वल भविष्य निर्माणका लागि परिवार, समुदाय, स्थानीय सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता र निरन्तर सहकार्य आवश्यक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *