नेपालगञ्जको सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितका लागि १ लाख सहयोग

सदरलाइन संवाददाता २५ भाद्र २०८३, बिहीबार १४:५५
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज–६ स्थित सिद्धार्थ विद्या सदन स्कुलले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १ लाख २ हजार ६ सय ५७ रुपैयाँ सहयोग गरेको छ।
  • शिक्षक, विद्यार्थी तथा विद्यालय परिवारबाट स्वस्फूर्त संकलित रकम प्याब्सन बाँकेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न हस्तान्तरण गरिएको हो।
  • विद्यालयले विपद्का बेला सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज  : भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि नेपालगञ्ज–६ स्थित सिद्धार्थ विद्या सदन स्कुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २ हजार ६ सय ५७ रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयले शिक्षक, विद्यार्थी तथा विद्यालय परिवारबाट स्वस्फूर्त रूपमा संकलन गरेको उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न प्याब्सन बाँकेलाई हस्तान्तरण गरेको हो ।

विद्यालयका अध्यक्ष धिरज सिंह थापाले सहयोग रकम प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको विद्यालयका प्रधानाध्यापक प्रविण गिरीले बताए ।

उनका अनुसार विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानवीय सहयोगमा विद्यालय परिवारलाई सहभागी गराउने उद्देश्यले शिक्षक तथा विद्यार्थीको पहलमा रकम संकलन गरिएको हो ।

“बाढीपीडितको दुःखमा विद्यालय परिवारले पनि आफ्नो तर्फबाट सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ रकम संकलन गरेका हौँ,” प्रधानाध्यापक गिरीले भने, “सानो भए पनि हाम्रो सहयोग प्रभावित परिवारको राहत र पुनःस्थापनामा उपयोगी हुने विश्वास लिएका छौँ।”

विद्यालयले विपद्का बेला विद्यार्थीमा सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगको भावना विकास गर्न समेत यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ ।

प्याब्सन बाँकेका अध्यक्ष बज्राचार्यले बाढीपीडितका लागि विद्यालयले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै संकलित रकम सम्बन्धित कोषमा जम्मा गरिने बताए । उनले विपद्को समयमा निजी विद्यालय तथा शैक्षिक क्षेत्रबाट भइरहेको सहयोगले राहत तथा पुनःस्थापनाको अभियानमा थप योगदान पुग्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नियमावली एक महिनाभित्र तयार गरिदै

२५ भाद्र २०८३, बिहीबार १४:५५
समाचार सारांश Generated Using AI नेपालगञ्ज–६ स्थित सिद्धार्थ विद्या सदन स्कुलले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि १ लाख २ हजार ६ सय ५७ रुपैयाँ सहयोग गरेको छ।शिक्षक, विद्यार्थी तथा विद्यालय परिवारबाट स्वस्फूर्त संकलित रकम प्याब्सन बाँकेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न हस्तान्तरण गरिएको हो।विद्यालयले विपद्का बेला सामाजिक […]