बि–ग्रुपद्वारा प्लानसँगको साझेदारीमा बर्दियाका चार पालिकालाई वीन्टराईजेशजन किट हस्तान्त्रण

सदरलाइन संवाददाता ५ श्रावण २०८३, मंगलवार १३:४२
 
समाचार सारांश
Generated Using AI
  • भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) नेपालगञ्जले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाका चार नगरपालिकालाई बाढीपछिको तत्काल पुनर्स्थापनाका लागि करिब २८ लाख २५ हजार रुपैयाँ बराबरको वीन्टराइजेशन किट हस्तान्तरण गरेको छ।
  • प्रत्येक पालिकाका ५० घरधुरीलाई पुग्ने गरी त्रिपाल, कम्बल, डोरी, पिफोम, पानीको थर्मस, तन्नालगायतका राहत सामग्री उपलब्ध गराइएको हो।
  • यसअघि पनि प्रयास–२ परियोजनामार्फत करिब ६९ लाख रुपैयाँ बराबरको खोज तथा उद्धार सामग्री हस्तान्तरण गरिसकेको बी–ग्रुपले विपद् प्रतिकार्यका लागि स्वयंसेवक तालिमसमेत सञ्चालन गर्दै आएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया  : भेरी वातावरणीय विशिष्टता समूह बि–ग्रुप नेपालगञ्जले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाका चार पालिकामा बाढी पश्चात तत्काल पुनस्थापनाका लागि आवश्यक वीन्टराईजेशजन किट हस्तान्त्रण गरेको छ ।

बर्दियाका सबै पालिकाहरुमा विपद् उत्थानशिलता अभिवृद्धिका लागि पूर्वाअनुमानमा आधारित पूर्वकार्य सबलिकरण (प्रयास–२) परियोजना मार्फत गुलरिया, मधुवन, ठाकुरबाबा र बाँसगढी नगरपालिकालाई वीन्टराईजेशजन किट हस्तान्त्रण गरेको बि–ग्रुप नेपालगञ्जका उपाध्यक्ष मिरा खनालले जनाकारी दिईन ।

उनले भनिन–‘ प्रत्येक पालिकाका ५०–५० घरधुरीलाई पुग्ने त्रिपाल, डोरी, पिफोम, कम्बल, पानीको थरमस, तन्नालगायतका बस्तुहरु उपलब्ध गराईएको छ । यसको मूल्य करिव २८ लाख २५ हजार भन्दा केही बढी छ ।’

गुलरिया नगरपालिकाका विपद फोकलपर्सन समेत रहेका वरिष्ट प्रशासकिय अधिकृत मुकुन्द अर्यालले बाढी जन्य विपदले प्रभाव परेकालाई उपलब्ध गराउन सहज हुने वीन्टराईजेशजन किट गुलरिया नगरपालिकालाई उपलब्ध गराएर बी–ग्रुप र प्लानले ठूलो गुण लगाएको बताए ।


ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले विभिन्न समयमा आउने विपदसंग प्रतिकार गर्नको लागि आवश्यक सामाग्रीसहित सहकार्य गर्ने प्लान नेपाल र बी–ग्रुपप्रति आभार व्यक्त गरे ।

बि–ग्रुप नेपालगञ्ज बाँकेले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाका सबै पालिकाहरुमा सञ्चालनमा रहेको प्रयास –२ परियोजना अन्तरगत करिव ६९लाख बराबरको खोज तथा उद्दारको सामाग्री यस अघि नै हस्तान्त्रण गरि सकेको छ । साथै परियोजना मार्फत विपद प्रतिकार्यका लागि स्वयमसेवक तालिमलगायतका कामहरु गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गजल :  बिमल हमाल ,युरेनस, मुगु

५ श्रावण २०८३, मंगलवार १३:४२
समाचार सारांश Generated Using AI भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) नेपालगञ्जले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियाका चार नगरपालिकालाई बाढीपछिको तत्काल पुनर्स्थापनाका लागि करिब २८ लाख २५ हजार रुपैयाँ बराबरको वीन्टराइजेशन किट हस्तान्तरण गरेको छ।प्रत्येक पालिकाका ५० घरधुरीलाई पुग्ने गरी त्रिपाल, कम्बल, डोरी, पिफोम, पानीको थर्मस, तन्नालगायतका राहत सामग्री उपलब्ध गराइएको […]

सम्बन्धित