अधिक गर्मी बढेपछि नेपालगञ्जका विद्यालय चार दिन बन्द

सदरलाइन संवाददाता २६ जेष्ठ २०८३, मंगलवार १९:३३
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जमा अत्यधिक गर्मी र ‘लु’ बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २६ देखि २९ गतेसम्म सबै विद्यालयमा चार दिन बिदा दिएको छ।
  • विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सरोकारवालाको सुझावका आधारमा सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरूमा पठनपाठन बन्द गरिएको हो।
  • पछिल्ला दिनहरूमा तापक्रम उल्लेख्य रूपमा बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ भने तातो हावाले दैनिक गतिविधिमा समेत असर पारेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्जमा गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

शिक्षा महाशाखाका उपसचिव गोर्खबहादुर थापाका अनुसार जेठ २६ देखि २९ गतेसम्म सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरूमा बिदा दिने निर्णय गरिएको हो ।


अत्यधिक गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाइ भई उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक र जल तथा मौसम विज्ञान विभाग लगायत सरोकारवालाको सुझाव समेतका आधारमा चार दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको उपसचिव थापाले बताए ।

केही दिन यता नेपालगञ्जको तापक्रम निकै बढेको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको छ । तातो हावा ‘लु’ ले दैनिकीमा प्रभाव पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित