तापक्रम बढेसँगै बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

यदुराज मिश्र २१ जेष्ठ २०८३, बिहीबार १६:०६
 
समाचार सारांश
Generated Using AI
  • बाँकेसहित पश्चिम तराईमा तापक्रम पुनः बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ, बुधबार नेपालगञ्जको अधिकतम तापक्रम ३९.५ डिग्री सेल्सियस पुगेको छ।
  • चिकित्सकहरूले ‘लु’को जोखिम बढेकाले घामबाट जोगिन, प्रशस्त पानी तथा झोल पदार्थ सेवन गर्न र आवश्यक परे मात्र बाहिर निस्किन सुझाव दिएका छन्।
  • अत्यधिक गर्मीका कारण दैनिक ज्यालादारी मजदुर तथा सर्वसाधारणलाई कामकाजमा कठिनाइ भएको छ भने डिहाइड्रेसन र एलर्जीका समस्या बढ्न सक्ने चेतावनी दिइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : दैनिक तापक्रम बढेसँगै बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित भएको छ । बाँकेमा दुई दिन पहिले भएको वर्षातका कारण केहि राहत महशुस भएपनि अहिले फेरी तापक्रम बढ्न थालेको छ ।

बुधवार नेपालगञ्जको अधिकतम तापक्रम साढे ३९ डिग्री सेल्सियस पुगेको छ भने न्युनतम तापक्रम २५ डिग्री सेल्सिय रहेको हावापानी फिल्ड कार्यालय राँझाले जनाएको छ ।

तापक्रम बढ्दै गएकाले यहाँको जनजीवनमा नकारात्मक प्रभाव बढ्न गइ ‘लु’को महामारी बढ्ने जोखिम रहेको विज्ञहरुले बताएका छन् । यसअघि पानी नपर्दा नेपालगञ्जको तापक्रम ४१ डिग्रीभन्दा माथि पुगेको थियो ।

‘लु’का कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुनेलगायत जोखिम निम्तिन सक्ने भएकाले सतर्क रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।


भेरी अस्पताल नेपालगञ्जका सुचना अधिकारी एवं वरिष्ठ फिजिसिशन डा. संकेत रिसालले ‘लु’बाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिँडडुल नगर्न, हलुका लुगा लगाउन, घर बाहिर निस्कँदा कपडा वा अरू सामानले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएका छन् ।

उनले अति आवश्यक काम परी बाहिर निस्किनु परेमा कटनको कपडा पुरै शरीर छोप्ने गरी लगाउन सुझाव दिँदै उनले टाउको पुरै ढाक्ने व्यवस्था गरेर मात्र बाहिर निस्किन आग्रह गरे ।

बाँकेमा पुनः बढ्दै गएको अत्यधिक गर्मीले दैनिक ज्यालादारी गर्ने मजदुहरुको जनजीवन कष्टकर बनेको छ । शहरी क्षेत्रमा भने मानिसको चहलपहल निकै कम देखिन्छ । दिउँसोका समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणले बताएका छन् ।

गर्मीको समयमा पानीको कमीका कारण एलर्जीको समस्या धेरैमा हुने गर्छ । शरीरमा पानीको कमी हुँदा शरीरबाट विषाक्त पदार्थ बाहिर आउन नसक्ने डा. रिसालको भनाई छ ।

डा. रिसालले गर्मीबाट जोगिन तिर्खा नलागे पनि दिनमा जति सके पानी पिउन सुझाव दिएका छन् । उनले पानीको कमीले शरीरमा डिहाइड्रेसनको समस्या आउनसक्ने बताउँदै पानी पिउनुको सट्टा बियर, कफी, सोडा मदिराजस्ता पेयपदार्थ झनै हानिकारक हुने भएकोले लिन नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वैशाली इंटरनेशनल विद्यापीठ भारतद्वारा कलकत्तामा कवि सम्मेलन तथा सम्मान

२१ जेष्ठ २०८३, बिहीबार १६:०६
समाचार सारांश Generated Using AI बाँकेसहित पश्चिम तराईमा तापक्रम पुनः बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ, बुधबार नेपालगञ्जको अधिकतम तापक्रम ३९.५ डिग्री सेल्सियस पुगेको छ।चिकित्सकहरूले ‘लु’को जोखिम बढेकाले घामबाट जोगिन, प्रशस्त पानी तथा झोल पदार्थ सेवन गर्न र आवश्यक परे मात्र बाहिर निस्किन सुझाव दिएका छन्।अत्यधिक गर्मीका कारण दैनिक ज्यालादारी […]

सम्बन्धित