राप्तीसोनारी ७ र डुडुवा १ जोड्ने राप्तीनदी माथि मल्टी स्पान सस्पेन्सन झोलुंगे पुल निर्माण हुदै

सदरलाइन संवाददाता १२ जेष्ठ २०८३, मंगलवार १९:४२
 
समाचार सारांश
Generated Using AI
  • बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी–७ जोड्ने राप्ती नदीमा ५ सय मिटर लामो झोलुंगे पुल निर्माण हुने भएको छ ।
  • करिब १५ करोड लागतको पुल निर्माणका लागि प्राविधिक टोलीले सर्वेक्षण कार्य सम्पन्न गरेको छ ।
  • पुल बनेपछि स्थानीयको जोखिमपूर्ण डुंगा यात्रा अन्त्य भई आवागमन, शिक्षा, स्वास्थ्य र व्यापारमा सहजता आउने अपेक्षा गरिएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँकेको डुडुवा गाउपालिका र राप्तीसोनारी ७ जोड्ने राप्तीनदीमा वर्षौंदेखि पुल नहुँदा आवागमनमा कठिनाइ भोग्दै आएका स्थानीय बासिन्दाका लागि अब खुसीको खबर आएको छ ।

राप्तीसोनारी गाउँपालिका वडानं. ७ का फरेदा, पिप्रहवा, देउपुरुवा लगायतका गाउँ तथा डुडुवा गाउँपालिका वडानं. १ का बालुपुरुवा, चौफेरी लगायतका क्षेत्रलाई जोड्ने राप्ती नदीमा पुल नहुँदा डुंगा (नाउ) मार्फत नदी वारपार गर्ने क्रममा ज्यानै गुमाउनुपर्ने पीडादायी अवस्था अब अन्त्य हुने भएको छ ।


नेपाली कांग्रेस बांके क्षेत्र नं १ का सभापति युवा नेता पोषण केसीको बिशेष पहलमा राप्तीसोनारी गाउँपालिका वडा नं. ७ अन्तर्गत फरेदा, पिप्रहवा, देउपुरुवा लगायतका गाउँ तथा डुडुवा गाउँपालिका वडा नं. १ का बालुपुरुवा, चौफेरी लगायतका क्षेत्रलाई जोड्ने गरी राप्ती नदीमाथि करिब १५ करोड लागतमा ५ सय मिटर लामो मल्टी स्पान सस्पेन्सन झोलुंगे पुल निर्माण हुने भएको हो ।

आज उक्त पुल निर्माणका लागि आवश्यक सर्वे कार्य सफलतापूर्वक सम्पन्न भएको छ । पुलको सर्वेक्षण ललितपुर स्थित सस्पेन्सन पुल बिभागबाट इन्जिनियर कैलाश मोक्तानको नेतृत्वमा खटिएको प्राविधिक टोलीले हिजो सम्पन्न गरेको हो ।

यो पुल निर्माणसँगै स्थानीय नागरिकको आवागमन सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार तथा समग्र विकासमा ठूलो टेवा पुग्ने विश्वास लिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

१२ जेष्ठ २०८३, मंगलवार १९:४२
समाचार सारांश Generated Using AI बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी–७ जोड्ने राप्ती नदीमा ५ सय मिटर लामो झोलुंगे पुल निर्माण हुने भएको छ ।करिब १५ करोड लागतको पुल निर्माणका लागि प्राविधिक टोलीले सर्वेक्षण कार्य सम्पन्न गरेको छ ।पुल बनेपछि स्थानीयको जोखिमपूर्ण डुंगा यात्रा अन्त्य भई आवागमन, शिक्षा, स्वास्थ्य र व्यापारमा […]