समाचार सारांश
- कोहलपुरमा आयोजित कार्यक्रममा दाउरा र पेट्रोलियम पदार्थको खपत घटाउन वैकल्पिक ऊर्जाको प्रयोग बढाउनुपर्नेमा जोड दिइएको छ ।
- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले बाँके, बर्दिया र दाङसहित २२ जिल्लामा स्वच्छ चुलो कार्यक्रम सञ्चालन गर्दै सुधारिएको चुलो, बायोग्यास र इन्डक्सन चुलो प्रवर्द्धन गरिरहेको जनाएको छ ।
- कार्यक्रमले स्वास्थ्य सुधार, इन्धन खर्च बचत र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

कोहोलपुर (बाँके) : भान्सामा प्रयोग हुने दाउरा, पेट्रोलियम पदार्थको खपत घटाउन बैकल्पिक उर्जा प्रयोग गर्नु पर्ने बाँकेको कोहोलपुरमा आयोजित कार्यक्रमका सहभागिले औल्याएका छन् ।
उर्जा मन्त्रालय, बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले नागरिकलाई बैकल्पिक उर्जा उपभोग गर्न अभिपे्ररित गरी राष्ट्र निर्माणमा योगदान दिने उद्देश्यले बाँके, बर्दिया र दाङ्गका १८ स्थानीय तहमा स्वच्छ चुलो कार्यक्रम ससंचालनमा ल्याएको हो ।
उर्जा मन्त्रालय, बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका ई.नारायण घिमिरेले बाँके, बर्दिया र दाङ्गसहित तराईका २२ जिल्लाका १ सय ५ स्थानीय तहरुमा लागु भएको जानकारी दिए । उनले बैकल्पिक उर्जाको प्रयोग गर्ने उपभोक्ता स्वास्थ्य, आर्थिक र बाताबरणका हिसाबले धेरै अगाडि भएको जिकिर गर ।
उनले बैकल्पिक उर्जाको उच्चतम प्रयोग गरि उर्जाको खरिदमा जाने राष्ट्रिय ढुकुटी बचत गर्न सकिनुको साथै स्वास्थ्य र बतावरण संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको बताए ।
उनले कार्यक्रमको मुख्य उदेश्य स्वदेशी उर्जाको उच्चतम प्रयोग गरि स्वच्छ भान्सा निर्माणमा योगदान दिई कार्बन उत्सर्जन न्यूनिकरण गर्ने रहेको बताए । उनले बैकल्पिक उर्जा मार्फत सुधारिएको चुलो, बायोग्यास, ईन्डक्सन चुलो आदी मार्फत भन्सा स्वच्छ राख्न सकिने जानकारी दिए ।

बाँके, बर्दिया र दाङ्गका १८ स्थानीय तहमा कार्यक्रम सञ्चालनमा रहेको छ । सो कार्यक्रममा बोल्दै घोराही उपमाहानगरका नगरप्रमुख नरुलाल चौधरीले बौकल्पिक उर्जाको प्रयोगले स्वस्थ र निरोगी बनाउनुको साथै उर्जाको खरिदमा जाने धनको पनि बचत हुने बताए ।
उनले भने–‘धुवा रहित चुलोले नागरिकको स्वास्थ्यमा विषेश प्रभाव पार्ने भएकोले यो प्रविधि युक्त चुलोले न्यन ईन्धन खपत गर्ने, ईन्धनको मुल्य बचाउने जस्ता कार्यले नागरिकलाई प्रत्यक्ष पाईदा पुराउने देखिन्छ ।’
बैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका अनुसार तीन जिल्लाका २० हजार उपभोक्तालाई स्वच्छ चुलो बितरण लक्ष रहेको ५ वर्षे कार्यक्रम भएको भएपनि अबका ३ वर्षमा कार्यक्रम चल्ने छ । यो कार्यक्रम लागु भएको पालिकाको वडाबाट स्वच्छ चुलोे अनुदानका लागि उपभोक्ताले निबेदन दिन पाउने छन् ।
साथै केन्द्रले सामाजिक परिचालक राखेर यसको महत्वको विषयमा उपभोक्ताको घरदैलोमा जाने व्यवस्था मिलाईएको छ । सो कार्यक्रममा बैकल्पिक उर्जाको कृष्ण पन्थी, तारा प्रसाद पोख्रेल महारुद्र ग्रुप प्रालिका सरोज धिताल लगायतको बैकल्पिक उर्जाको विषेशताका बारेमा प्रस्तुति रहेको थियो ।


