साढे पाँचकिलो अफिमसहित रोकाय परे सशस्त्रको फन्दामा

सदरलाइन संवाददाता १० जेष्ठ २०८३, आईतवार १९:००
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले साढे पाँच किलो अफिम र पाँच ग्राम चरेस बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा हाल कोहलपुर–१० बस्दै आएका जुम्लाका ६२ वर्षीय रणबहादुर रोकाया रहेका छन् ।
  • सीमा क्षेत्रमा विशेष सुरक्षा अभियान र तालिम प्राप्त कुकुर परिचालनमार्फत लागूऔषध ओसारपसार तथा अवैध गतिविधि नियन्त्रणमा सशस्त्र प्रहरीले सक्रियता बढाएको जनाएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : सशस्त्र प्रहरीले नेपाल भारत नाका नजिकै नेपालगञ्जबाट ठुलो परिमाणको अवैध लागू औषध अफिम र चरेस बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ३० नं गणको सक्रियतामा सो गण मातहत रहेको बेनवी कालाबन्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५, पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा साढे पाँच किलोग्राम अफिम र पाँच ग्राम चरेस बरामद गरिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार पाँच किलो ५ सयग्राम अफिमजस्तो देखिने पदार्थ र पाँच ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको हो । सशस्त्र प्रहरीले सिमा क्षेत्रमा विशेष तालिम प्राप्त कुकुर परिचालन गरेपछि अबैध कारोबारीहरु अनेत्रबाट कारोबार सञ्चालन गर्ने कार्य गरेपनि सशस्त्र प्रहरीको सक्रियताले सो लागू औषध बरामद गर्न सकेको जनाएको छ ।

अफिम र चरेस ओसारपसारमा संलग्न रहेको आरोपमा जिल्ला जुम्ला, साविक घोडेमहादेव गाविस–९ हाल तिला गाउँपालिका–७ निवासी तथा हाल कोहलपुर नगरपालिका–१० बस्दै आएका ६२ वर्षीय रणबहादुर रोकायालाई पक्राउ परेका हुन ।

सीमा क्षेत्रमा चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि विगत केही दिनदेखि विशेष सुरक्षा अभियान सञ्चालन हुँदै आएको प्रहरीले जनाएको छ ।


सोही क्रममा उक्त लागूऔषधसहित पक्राउ परेका एक जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा सुरक्षालाई प्रभावकारी, प्रविधिमैत्री र परिणाममुखी बनाउन सशस्त्र प्रहरी बल नेपाल ३० नं गणले विशेष सक्रियता देखाउँदै चोरी–तस्करी नियन्त्रण, लागूऔषध बरामद तथा सीमा अपराध न्यूनीकरणमा विशेष ध्यान दिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक चन्दले प्रष्ट पारे ।

उनले सीमा नाकामा हुने गरेको अवैध आयात र तस्करीलाई शून्यमा झार्नुका साथै लागु औषध ओसारपसारलाई पनि पूर्ण रुपमा नियन्त्रण गर्ने गरि सुरक्षा व्यवस्था मिलाइएको बताए ।

अफिम र चरेस सहित पक्राउ परेका व्यक्तिको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उफ ! गर्मीले अक्रान्त बन्दै नेपालगञ्ज

१० जेष्ठ २०८३, आईतवार १९:००
समाचार सारांश Generated Using AI नेपालगञ्जको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले साढे पाँच किलो अफिम र पाँच ग्राम चरेस बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हाल कोहलपुर–१० बस्दै आएका जुम्लाका ६२ वर्षीय रणबहादुर रोकाया रहेका छन् ।सीमा क्षेत्रमा विशेष सुरक्षा अभियान र तालिम प्राप्त कुकुर परिचालनमार्फत लागूऔषध ओसारपसार […]