नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालाबन्दी

सदरलाइन संवाददाता १९ कार्तिक २०८२, बुधबार २२:४५
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका इन्टर्नसीप डाक्टरहरुले अस्पतालको प्रमुख कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

तीन दिन देखि आन्दोलनरत उनीहरुले आफ्नो माग सुनुवाइमा अस्पताल प्रशासनले ध्यान नदिएको भन्दै आजदेखि प्रमुख कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्यकक्षमा अनिश्चिकालीन तालाबन्दी गरेका हुन् ।


इन्टर्नसीप डाक्टरहरुले पाउँदै आएको १२ हजारलाई बढाएर कम्तिमा १७ हजार ५ सय रुपैयाँ पुर्याउनुपर्ने, भर्नाका क्रममा कलेजले इन्टरर्नसीपका लागि उठाएको २ लाख ५० हजार अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग राखेर विगत तीन दिन देखि उनीहरुले अस्पतालमा नारावाजी र प्रदर्शन गर्दै आएका छन् ।

इन्टर्नसीप डाक्टरहरुले पाउनुपर्ने सेवा सुविधा समेत नियमित पाउन नसकेको गुनासो गरेका छन् । अस्पतालमा करिव एक सय जना इन्टर्नसीप डाक्टरहरु कार्यरत रहेका छन् ।

डाक्टरहरुको आन्दोलन र मागलाई सम्वोधन गर्न अस्पताल प्रशासनले समन्वय र संवादको तयारी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको किङ्गरियनपुरवा : विकासको पहुँच बाहिर

१९ कार्तिक २०८२, बुधबार २२:४५
  नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २२ किङ्गरियनपुरवामा अँझैपनि भौतिक पुर्वाधारहरु पुग्न सकेका छैनन् । यस समुदायमा न सडक छ । न त नाला छ । नेपालगञ्ज बजारबाट ७ किलोमिटर पूर्व–दक्षिण दिशामा रहेको किङ्गरियनपुर्वाका अधिकांश नागरिक बेरोजगार छन् । उमेरले ७० कटिसकेका रफिक किङ्गरिया हरेक दिनजसो दाउरा खोज्न वन जान्छन् […]