मान्यजनबाट टीका र जमरा ग्रहण गरि दशै मनाईदै

सदरलाइन संवाददाता २६ आश्विन २०८१, शनिबार १२:०३
 

 


नेपालगञ्ज : आज हिन्दु समुदायले विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटको साइत छोपेर टीका लगाएका छन ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत भोलि बिहान ८ बजेर ३३ मिनेटमा रहेको र टीकाको उत्तम साइत भने ११ बजेर ३६ मिनेटको साईत जुराएको थियो ।

दशमीको दिन देवि दुर्गा भवानीले राक्षसको बध गरेपछि विजय उत्सवका रुपमा मनाइले दशैंमा रातो टिका र जमरा लगाउने परम्परा रहेको छ । यद्पि केही जनजाति समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टीका लगाउने चलन पनि छ ।


ठूला वा मान्यजनको हातबाट टीका जमरा लगाएर दशैंमा आशिर्वाद थाप्ने गरिन्छ । टीका लगाउदाँ टिका लगाइदिने व्यक्ति पश्चिम र टिका लगाउने व्यक्ति पूर्व फर्कनुपर्ने धार्मिक मान्यता रहेको छ ।

विजया दशमीको दिन टीकाको साइत गरेसंगै देविको प्रसादको रुपमा कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने प्रचलन रहेको छ ।

तर केही स्थानमा भने विजया दशमीको दिनमा मात्र टीका र जमरा लगाउने गरिन्छ । यस बर्ष असोज १७ गते घटस्थापनाको दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत गरेर सुरु भएको दशैं कार्तिक एक गते पूर्णिमाको दिनबाट सम्पन्न हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा कशौधन बैश्य महिला मञ्चद्वारा डाँडिया प्रदर्शन

२६ आश्विन २०८१, शनिबार १२:०३
नेपालगञ्ज  :  नवरात्राको निराहार ब्रतबसेका नेपालगञ्जका कशौधन बैश्य महिला मञ्च तथा मारवाडि महिलाहरुद्वारा नवमीको दिनराती नेपालगञ्जमा डाँडिया नाच प्रदर्शन गरेका छन् । नेपालगञ्जको त्रिभुवनचोक पूर्वपट्टि रहेको माता दुर्गाको पण्डालमा नवमीको होम सम्पन्न गरीसकेपछि मातालाई खुशी पार्नको लागि आफुहरुले डाँडिया नाच आयोजना गरेको कशैधन महिला मञ्चका सुशीला बैश्यले जानकारी दिईन । […]

सम्बन्धित