दशैँको दोस्रो दिन, ब्रह्मचारिणीदेवीको पूजा गरि मनाईदै

सदरलाइन संवाददाता १८ आश्विन २०८१, शुक्रबार १५:२२
 

नेपालगञ्ज : बडा दशैँको दोस्रो दिन शुक्रबार देशभरका देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरि मनाईदै छ ।

ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।


ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको गिजरा सामुदायिक बन सिमलघारीमा राखिएको पासोको मद्दतले चितुवा नियन्त्रणमा लिईयो

१८ आश्विन २०८१, शुक्रबार १५:२२
खजुरा (बाँके) : बाँकेको खजुरा–६ सिमलघारीबाट एक चितुवा नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा परेको सो चितुवा गत भदौ ३० गते ढाई वर्षिया नाबालिकालाई घरबाटै लगेर खाएको हुनसक्ने आंकलन गरिएको छ । स्थानीय बिरेन्द्र पुनकी ढाई वर्षिया नाबालिका छोरी लक्ष्मी पुनलाई भाद्र ३० गते राती घरबाटै जंगली जनावरले लगेर आधा खाएको […]