प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभामा दुई तिहाइ मत

पक्षमा १८८ मत, बिपक्षमा ७४ मत र पक्ष वा विपक्ष दुबैमा मत नदिने १ जना

सदरलाइन संवाददाता ६ श्रावण २०८१, आईतवार २०:१०
 

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीलाई १८८ जना सांसदहरुले विश्वासको मत दिएका हुन ।

विश्वासको मतको विपक्षमा ७४ मत परेको थियो । विश्वासको मतको पक्ष वा विपक्ष दुबैमा मत नदिने सांसदको संख्या १ थियो ।


प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेस, एमाले, जसपा, जसपा नेपाल, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद अमरेश सिंहले मत दिएका थिए ।

प्रधानमन्त्री ओलीलाई नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजबादीले विश्वासको मत दिएनन । नेमकिपाका सांसदले विश्वासको मतको पक्ष वा विपक्षमा दुबैमा मत दिएनन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा

६ श्रावण २०८१, आईतवार २०:१०
दाङ्ग :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन । सङ्घीय सरकारमा सत्ता समिकरण परिवर्तन भएसँगै नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री महराले राजीनामा दिएर नया सरकारका लागि बाटो […]