लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त

सदरलाइन संवाददाता २३ चैत्र २०८०, शुक्रबार १९:३३
 

दाङ्ग :  लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीको रुपमा एमाओवादी केन्द्रका प्रदेश संसदीय दल लुम्बिनीका नेता जोखबहादुर महरालाई प्रदेश प्रमुख अमिक शेरचनले शुक्रवार मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन । प्रदेश प्रमुख शेरचनले माओबादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता महरालाई प्रदेश सभाको तत्काल कायम रहेको प्रदेश सभा सदस्यमध्ये ४८ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेस गरेका थिए । महरालाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।


सोअघि माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले शुक्रवार दिउँसो लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दावी प्रस्तुत गरेका थिए । माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री बनाउन नेकपा (एमाले) का २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जना सांसदले पक्षमा हस्ताक्षर गरेका थिए ।

नागरिक उन्मुक्ति पार्टीका चार जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीमा महरालाई समर्थन गरेको पत्र प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरिएको थियो । यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको लागि बाटो खुला भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विवादमा मुछिएका बाँकेसहित विभिन्न ७ जिल्लाका प्रहरी प्रमुख फेरिए

२३ चैत्र २०८०, शुक्रबार १९:३३
  सदरलाइन डेस्क : बाँके सहित विभिन्न ७ जिल्लाका विवादित बनेका प्रहरी प्रमुखहरुलाई प्रहरी प्रधान कार्यालयले सरूवा गरेको छ । प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालाई पठाइएको छ । यसअघि नुवाकोटमा प्रहरी प्रमुख एसपी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुखविहीन बनेको […]

सम्बन्धित