निकुञ्ज क्षेत्रभित्र विकास निर्माणको काम अगाडि बढाइने

सदरलाइन संवाददाता २५ माघ २०८०, बिहीबार १७:४६
 

नेपालगञ्ज : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निकुञ्ज क्षेत्रभित्र विकास निर्माणको काम अगाडि बढाउन समस्या देखिएकाले समाधानका लागि संसदमा छलफल भइरहेको बताएका छन् ।

बाँकेको चप्परगौडी हुँदै सल्यानको घुइयाबारी जोड्ने सडकको बिहीवार अनुगमन गर्ने क्रममा मन्त्री ज्वालाले निकुञ्जको विद्यमान नीतिलाई संशोधन गरेर भएपनि समस्या समाधान गर्ने बताए । उनले उक्त सडकखण्डमा पर्ने वन क्षेत्रको समस्या पनि समाधान गरिने बताए । सडकको कामको प्रगति र कठिनाई बुझ्न आफू स्थलगत अनुगमनमा आएको बताउँदै मन्त्री ज्वालाले द्रुत गतिमा गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।


चालू आर्थिक वर्षमा उक्त सडकका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख निरज शाक्यले अहिले दायाँबायाँ पक्की नाली निर्माण, माटो पटान लगायतको काम भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोपोन्मुखको सुचीमा नपरेको बन्जारा समुदायको गुनासो

२५ माघ २०८०, बिहीबार १७:४६
बर्दिया : बर्दियाको गुलरिया नगरपालिकाको वडा नम्बर १ र ३ मा बसोबास गरिरहेका गोआर बन्जारा जाति अझैपनि गरिबिको रेखामुनि पर्दै आएको बताएका छन् । उनिहरुले सामाजिक आर्थिक शैक्षिक लगायत क्षेत्रहरुमा आफु पछि पर्दै गएको महशुस गरेका छन् । बर्दियाको गुलरियामा बसोबास गर्दै आएका बन्जारा जाति लोपोन्मुख जातिमा सुचिकृत हुन नसक्दा […]

सम्बन्धित