नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पताल विकास समितिले पूर्णता पाएलगत्तै बसेको समितिको पहिलो बैठकले अस्पतालमा आइपुगेको करिब २४ करोडको अत्याधुनिक एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा बसेको समितिको बैठकले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै मेसिन तत्काल सञ्चालनमा ल्याउने निर्णय गरेको समितिका सदस्य डा. डक्टप्रसाद धितालले बताए ।
उनले सो मेसिन जडानका लागि आवश्यक पर्ने सबै कुरा उपलब्ध गराएर छिटो भन्दा छिटो मेसिन जडान गर्ने विकास समितिले निर्णय गरेको बताए ।
अस्पताल विकास समितिले पूर्णता पाएकोले मेसिन जडान लगायत रोकिएका काम अब पुनः सुरु गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले बताए ।