लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

सदरलाइन संवाददाता १९ माघ २०८०, शुक्रबार १४:०५
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले माघ २१ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक बिदा दिइएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ ।

बि.सं.२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक प्रदेशको अस्थायी राजधानी बुटवलमा बसेको थियो ।


सोही दिनको सम्झनामा प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो ।

प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा विभिन्न कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका विकासे अड्डाका प्रमुख तथा प्रतिनिधिसंग प्रदेश शहरी विकास मन्त्री नमूनाको अन्तरक्रिया

१९ माघ २०८०, शुक्रबार १४:०५
नेपालगञ्ज :  लुम्बिनी प्रदेस सरकारका शहरी विकास मन्त्री कृष्णा केसी नमुनाले बाँकेमा रहेका विकास निर्माण सम्बद्ध कार्यालयका प्रमुख तथा प्रतिनिधिसंग जिल्लामा सञ्चालनमा रहेका विकास निर्माणको अवस्थाको बारेमा अन्तरक्रिया गरेकी छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको विशेष पहलमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा बाँकेमा सञ्चालनमा रहेका विभिन्न सरकारी योजनाको […]