कोहलपुरमा ४८ जनामा हात्तीपाइले रोगको जिवाण फेला

सदरलाइन संवाददाता २० पुष २०८०, शुक्रबार १८:२४
 

नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा नं. ६ रझेनामा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु फेला परेको छ । तीन सय जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला परेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिए ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा विहीबार रझेनामा आरडिटी जाँच गरिएको थियो । आरडिटी पोजेटिभ देखिएका ४८ जनाको पुनः माइक्रोस्कोपिङ जाँच गर्न सुरु गरिएको पनि पाण्डेले बताए । आरडिटी जाँचमा शररीभित्र मरेका जिवाणु भएपनि पोजेटिभ देखिने भएकाले एकिन गर्न माइक्रोस्कोपिङ गर्न लागिएको उनको भनाइ छ ।


राती १० देखि २ बजेसम्मको समयमा उनीहरुको रक्त नमुना संकलन गरी माइक्रो स्कोपिङबाट परीक्षण गरिनेछ । यदी २ वा दुई भन्दा कम माइक्रोफाइलेरिया पोजेटिभ देखिए पास भएको मानिन्छ र उक्त क्षेत्रमा औषधी सेवन कार्य रोकिने छ ।

तर ३ भन्दा बढी पोजेटिभ देखिए भने फेल हुने र पुनः कोहलपुरबासीले थप दुई वर्ष औषधि सेवन गर्नुपर्नेछ । अघिल्लो पटक तीन सय जनामा रक्त नमुना परीक्षण गरिएकोमा रझेनामा ३५ जनामा पोजेटिभ देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्छ : मन्त्री केसी

२० पुष २०८०, शुक्रबार १८:२४
नेपालगञ्ज : लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले योजना छनोट गर्दा आवश्यकताका आधारमा गरिनुपर्ने बनाएकी छिन् । संरचना बन्नु आफैँमा नराम्रो नभएको बताउँदै उनले तर संरचना बनाउँदा त्यसबाट कति प्रतिफल लिन सकिन्छ भन्ने ख्याल गर्नुपर्ने बताइन् । ‘संरचना बन्नु आफैँमा नराम्रो होइन,’ कोहलपुर बसपार्क र भ्युटावर सञ्चालनका लागि […]