शनिवार काग तिहार मनाईंदै

सदरलाइन संवाददाता २५ कार्तिक २०८०, शनिबार १३:५६
 

नेपालगञ्ज : शनिवार कागतिहार मनाईंदै छ । कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइने गरिन्छ ।

यस्तै, शनिवार कात्तिक कृष्ण त्रयोदशीका दिन बेलुकी यमदीप दान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीप दान गर्ने शास्त्रीय विधि छ ।


यस वर्ष तिथिको घटबढका कारण आइतवार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । गाईपूजा सोमवार परेको छ ।

गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा र आत्म अर्थात् म्हपूजा मङ्गलवार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र म्हपूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । भाइटीका बुधवार परेको छ ।

बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा देउसी भैलो म्युजिक भिडियो सार्वजनिक

२५ कार्तिक २०८०, शनिबार १३:५६
कोहलपुर (बाँके) : कोहलपुर नगरस्तरीय युवा क्लब संजालले समाजिक सुरक्षा र सचेतनाका लागि निर्माण गरेको संदेश मुलक देउसी भैलो गीत सार्वजनिक गरेको छ । तिहार नजिकिदै गर्दा विशेष गरि संस्कृति परम्परालाई जोड्दै वर्तमान अवस्थाको परिवर्तनको विषयलाई समेटेर तयार पारिएको गीत सार्वजनिक गरिएको हो । कोहलपुर क्षेत्रलाई विशेष बनाई बाँके जिल्ला […]