नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भुकम्पपीडितको उद्धार र उपचारमा कुनै पनि कसर बाँकी नराखेर काम गर्न सरकारसँग आग्रह गरेक छन् ।
शनिवार राप्रपा नेपाल बाँकेद्वारा नेपालगञ्जमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले यस्तो आग्रह गरेका हुन् । राज्यले आफ्नो सम्पुर्ण शक्ति भुकम्पपीडितको उद्धार, उपचार र राहात वितरणमा लगाउनु पर्ने उनको आग्रह छ ।
उनले प्रधानमन्त्री तत्काल घटनास्थल पुग्नु सकारात्मक काम भएको जनाउँदै पहिलो कर्तव्य पीडितको उद्धार र उपचार रहेको बताए । शनिवार नेपालगञ्जमा आयोजना गरिएको विरोधसभाको कार्यक्रमलाई परिमार्जित गरी शोकसभामा परिणत गरिएको जनाउँदै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले भुकम्पपीडिको उद्धार, उपचार र राहत वितरणमा कुनै प्रकारको लापरवाही हुन नदिन सरकार र सञ्चार माध्यम चनाखो हुनुपर्नेमा जोड दिए ।
उनले जाजरकोट र रुकुम पश्चिम लगायत सो वरिपरिका जिल्लाका राप्रपा नेपालका नेता कार्यकर्ताहरुलाई उद्धारमा खटिन निर्देशन दिइसकिएको जनाउँदै पार्टीले पनि आफ्नो हैसियतअनुसार पीडितलाई सहयोग गर्ने जानकारी गराए ।