शनिबार राती खण्डग्रास चन्द्रग्रहण लाग्ने

सदरलाइन संवाददाता १० कार्तिक २०८०, शुक्रबार १२:५३
 

नेपालगञ्ज : आश्विन शुक्ल पूर्णिमा, कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।

राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरू हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।

राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात् समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा उल्लेख छ ।


यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ ।

चन्द्रग्रहणको नौ घन्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद प्रा. डा. रामचन्द्र गौतमले बताए ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कात्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कात्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत विमानस्थलमा आठ करोडका बत्ति जडान हुँदै

१० कार्तिक २०८०, शुक्रबार १२:५३
सुर्खेत : सुर्खेत विमानस्थलमा आठ करोडका बत्ति जडान हुने भएका छन् । अबको तीन महिना भित्र राती पनि उडान सुरु हुने भएसगै बत्ति जडान गरिने भएको हो । नागरिक उड्डयन प्राधिकरणले आठ करोड लगानीमा अहिले विमानस्थलको रनवेमा गढ्डा खोध्ने काम भइरहेको हो । विमानस्थल प्रमुख राजन ढुंगेलका अनुसार आइक्याओको मापदण्ड […]