नगर विकासको जग्गा खाली गर्न बाँके प्रशासनको आग्रह

सदरलाइन संवाददाता १० भाद्र २०८०, आईतवार १४:५६
 

नेपालगञ्ज : कोहलपुर नगरपालिका ११ स्थित नगर विकासको जग्गा राष्ट्रसेवक कर्मचारीबाट समेत अतिक्रमण गरी संरचना निर्माण गर्ने काम भएको पाइएको भन्दै तत्काल संरचना खाली गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ ।

क्रिकेट मैदान आसपासको नगर विकासको अतिक्रमित जग्गामा बहालवाला राष्ट्रसेवक कर्मचारी र तिनका परिवारसमेत बसेको सुन्न आएकाले त्यस्ता कर्मचारीलाई तुरुन्त खाली गर्न बाँके प्रशासनले आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनीद्वारा हस्ताक्षरित सूचनामा अतिक्रमित जग्गामा बनाइएका संरचना खाली नगरे प्रचलित कानुनअनुसार कारबाहीको चेतावनी दिइएको छ ।


कोहलपुर नगरपालिका क्षेत्रभित्र अनाधिकृत भूमि अतिक्रमित बनाइएको संरचना हटाउने सम्बन्धमा भदौ ४ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय छलफलमा नगर विकासको अतिक्रमित जग्गा खाली गराउने सहमति भएको थियो । सोहीअनुसार नगर विकासले सात दिनको समय दिएर अतिक्रमित संरचना खाली गर्न सूतना जारी गरिसकेको छ ।

भदौं ४ गतेको सर्वदलीय तथा सर्वपक्षीय छलफलले अतिक्रमित जग्गा खाली गराउने सहमति गरिसकेको छ । सुकुम्बासीका नाममा राष्ट्रसेवक कर्मचारीदेखि लिएर सम्भ्रान्त परिवारका व्यक्तिले समेत नगर विकासको जग्गा अतिक्रमण गरेका छन् । अहिले क्रिकेट मैदान आसपासको नगर विकासको जग्गा अतिक्रमण गरेर ६१८ घरधुरी बस्दै आएको तथ्यांक छ ।

One thought on “नगर विकासको जग्गा खाली गर्न बाँके प्रशासनको आग्रह

  1. सर हजुर यो त नगर बिकासको जग्गाको मात्र भयो तर अन्य सरकारी जग्गाको बारेमा नि जिल्ला प्रशासन कार्यालयले छिट्टै निर्णय गरी सबै सरकारी जग्गा खालि गर्नु पर्ने तिर नि ध्यान जावस।र अर्को कुरा विश्व क्षेत्रमा परीचित हाम्रै नेपालगन्जको मुटु बागेश्वरी मन्दिरको १००औं विगाह जग्गा अतिक्रमण गरी बसेको र त्यसको हालसम्मको मुवाब्जा समेत तिर्ने गरी निर्णय समेत चाडै नै होस सरोकारवाला सबैमा ध्यान जावस।(जय नेपाल जय बागेश्वरी माता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रभावकारी बन्दै नेपालगञ्जको निःशुल्क एम्बुलेन्स सेवा

१० भाद्र २०८०, आईतवार १४:५६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले गत साउन १ गतेदेखि शुरु गरेको निःशुल्क एम्बुलेन्स सेवा यहाँ प्रभावकारी बन्दै गएको छ । सो सेवाबाट लाभ लिने विपन्न र गरिबहरू दिनदिनै बढ्दै गएका छन् । विशेषगरी विपन्न र गरिबहरूका लागि शुरु गरिएको निःशुल्क एम्बुलेन्स सेवाबाट आवश्यक परेको बेला सबैले लाभ पाइरहेको उपमहानगरपालिकाले जनाएको छ […]