सीमानाकाका हेल्थडेस्क प्रभावकारी बनाईंदै

सदरलाइन संवाददाता १ बैशाख २०८०, शुक्रबार १२:४७
 

नेपालगञ्ज : भारतबाट फर्कनेमा कोभिड सङ्क्रमण बढ्दै जान थालेपछि लुम्बिनी प्रदेशका सीमानाकाहरूमा कोभिड जाँचमा कडाइ गरिएको छ ।

रुपन्देही जिल्लाको बेलहिया, नेपालगञ्जको जमुनाहा, कपिलवस्तुको कृष्णनगर, पश्चिम नवलपरासीको महेशपुर, दाङको कोइलाबास नाकामा रहेका हेल्थडेस्कलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन थालिएको छ । यी नाकामा कोभिड सङ्क्रमण सुुरु हुनासाथ हेल्थडेस्क स्थापना गरेर सीमा वारि–पारि गर्नेहरूको स्वास्थ्य चाँज गर्न थालिएको छ ।

पछिल्ला दिनमा यो प्रदेशका नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरूमा कोभिड सङ्क्रमित व्यक्ति नियमितजसो भेटिने गरेका छन् । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सूचना जारी गर्दै सतर्क रहन एवं स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।


कोभिडका बिरामी नाकामा फेला परिरहेकाले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्नुका साथै नेपाल आउनेहरूलाई विशेष रूपमा सोधपुछ गर्ने तथा स्वास्थ्य अवस्थाको जानकारी लिने काम भइरहेको बाँके जिल्ला कोरोना फोकल पर्सन तेज ओलीले बताऐ । जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्किने शङ्कास्पद व्यक्तिहरूको कोभिड परीक्षण गर्दा सङ्क्रमित भएकाहरू भेटिने क्रम बढ्दै गएको उनले बताए ।

चैतको महिनामा मात्र जमुनाहा नाकामा ३० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण देखिएकाहरूमा सामान्य रुघाखोकीबाहेक अन्य जटिल लक्षण भने देखिएको छैन ।

यसैबीच फेरि कोभिड सङ्क्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक सूचना जारी गरेर सबैलाई स्वास्थ्य मापदण्डको नियमित पालना गर्न आग्रह गरेको छ । सङ्क्रमण फैलिन नदिन कोभिडविरुद्धको बुस्टर डोज दिने कार्यलाई पनि तीव्र पारिएको बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा १२ हजार इ–रिक्सा सञ्चालनमा

१ बैशाख २०८०, शुक्रबार १२:४७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाभित्र अहिले १२ हजार भन्दा बढी इ–रिक्सा सञ्चालनमा छ । तीमध्ये एक हजार नौं सय मात्र उपमहानगरमा दर्ता छन् । दस हजारभन्दा बढी इ–रिक्सा दर्ता बिनै सञ्चालनमा रहेको जनाउँदै नेपालगञ्ज उपमहानगरपालिकाले सबैलाई दर्तामा ल्याउन कडाइ गरेको छ । दस हजारभन्दा बढी इ–रिक्साको कुनैपनि अभिलेख नरहेकोले नियमन गर्न […]

सम्बन्धित