नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले आगामी शनिबार नेपालगञ्जमा १४औं जिल्ला अधिवेशन पश्चात प्रथम जिल्ला सम्मेलन गर्ने भएको छ ।
पार्टीले बिहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । नेपालगञ्जको सुर्खेतरोडस्थित सिद्धार्थ कटेजमा सुरु हुने सम्मेलनमा १ हजार ६ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको काँग्रेस बाँकेका सभापति नारायण गौडलले जानकारी दिए ।
उनले सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिदै सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन, बार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरण संगै प्रजातन्त्र सेनानीहरु, पूर्व पार्टी सभापतिहरु, उत्कृष्ट वडा सभापतिहरु, महिला वडा सभापतिहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दका घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको बताए ।
नेपाली कांग्रेसको विधान र नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको निर्णय अनुसार जिल्ला भित्र रहेका वडा र प्रतिनिधि सभा क्षेत्रले बर्षको २ पटक तथापालिका, प्रदेश र जिल्लाले बार्षिकरुपमा १ पटक सम्मेलन गर्नुपर्ने व्यवस्था भए बमोजिम जिल्लाले बार्षिक सम्मेलन गर्न लागेको बताईएको छ ।