सहिद दिवसमा कांग्रेस बाँकेले मानव सेवा आश्रममा खाना खुवायो

सदरलाइन संवाददाता १६ माघ २०७९, सोमबार १५:३६
 

नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेले सामाजिक सेवाभावमा अग्रसरता बढाएको छ । सामाजिक र सिर्जनात्मक कार्यमा पनि आफूलाई समर्पित गर्दै आएको कांग्रेस बाँकेले राष्ट्रिय सहिद दिवसको अवसरमा वीर सहिदहरुको सम्झना गर्दै सोमवार नेपालगञ्ज–१० आदर्शनगरस्थित मानव सेवा आश्रममा खाना खुवाएको छ ।

मानव सेवा आश्रममा आश्रय लिइरहेका ३६ जनालाई विहानको खाना खुवाइएको हो । त्यस अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले मानव सेवालाई केन्द्रविन्दुमा राखेर कांग्रेस बाँकेले सेवाभावका साथ गरेको पूण्य काम प्रशंसनीय भएको बताए । उनले आश्रममा रहेका व्यक्तिहरुका लागि आफूले संचालन गरेको आयुर्वेदिक अस्पतालमा मासिकरुपमा निःशुल्क उपचारसंगै औषधिको व्यवस्था मिलाउने उदघोष समेत गरे ।


सभापति नारायणप्रसाद गौडेलले मानव सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेर सहिद दिवसको सन्दर्भ पारी बेसहारा नागरिकलाई एक छाक भएपनि खाना खुवाउने कार्य गरिएको बताए । उनले बेसहारा नागरिकलाई खाना खुवाउन पाउँदा सन्तोष मिलेको बताए । उनले यो पटक कांग्रेस बाँकेले फरक ढंगबाट सहिद दिवस मनाएको बताउँदै सबै क्षेत्रीय कमिटीहरुलाई पनि सामाजिक र सिर्जनात्मक कार्यक्रम गर्न निर्देशन दिइएको बताए ।

मानव सेवा आश्रमका बाँके जिल्ला संयोजक उर्विन सापकोटाले खाना खुवाउने कार्यक्रम आयोजना गरेकोमा नेपाली कांग्रेस बाँकेलाई धन्यवाद दिए । कार्यक्रममा पूर्व सभापतिहरु किरण कोइराला, गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ लगायतले सहिदहरुको स्मरण गर्दै बेसाहारा नागरिकलाई खाना खुवाउने जस्तो पूण्य काम अत्यन्त प्रशंसनीय भएको बताए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुधांशु कोइरालाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

१६ माघ २०७९, सोमबार १५:३६
नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ […]