लुम्बिनीका प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले लिए शपथ

सदरलाइन संवाददाता ४ माघ २०७९, बुधबार १५:५३
 

दाङ : लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराएका हुन् ।

आफूले शपथ लिएपछि सभामुख घर्तीले उपसभामुख मेनुका खाँड केसीलाई शपथ ग्रहण गराए । प्रदेश प्रमुखको कार्यालय बुटवलमा बुधवार दिउँसो एक बजे शपथ ग्रहण समारोह आयोजना गरिएको थियो ।

सभामुखको शपथग्रहण पश्चात् उपसभामुख मेनुका खाँड केसीको शपथ ग्रहण भएको छ । प्रदेशसभा नियमावली, २०७९ बमोजिम प्रदेश प्रमुखको उपस्थितिमा सभामुखसमक्ष उपसभामुखले शपथ लिएकी हुन् ।


मंगलबार बसेको प्रदेशसभाको बैठकबाट संविधानको धारा १८२ बमोजिम सभामुख र उपसभामुख निर्वाचन प्रक्रियामार्फत् निर्विरोध चयन गरिएको थियो । प्रदेशसभा नियमावलीमा सभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने उल्लेख छ ।

साथै, उपसभामुखले आफ्नो कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा सभामुखसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने उल्लेख छ ।

सभामुख र उपसभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित दुई जना पक्राउ

४ माघ २०७९, बुधबार १५:५३
नेपालगञ्ज : दाङ प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला कोलहरपुर नगरपालिका वडा नं. २ का ३६ वर्षीय उमंग बहादुर शाही र भारत उत्तर प्रदेश बहराइच चकियारोड रुपईडिहा बस्ने ५२ वर्षीय समसुल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुलाई घोराही […]