लुम्बिनी प्रादेशिक अस्पतालमा कुष्ठरोगको बायोप्सी सुरू

सदरलाइन संवाददाता ३ माघ २०७९, मंगलवार १४:१३
 

नेपालगञ्ज : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कुष्ठरोग पहिचानका लागि बायोप्सी परीक्षण सुरु भएको छ ।

लुम्बिनी प्रदेशभित्रका सरकारी अस्पतालमा यो सेवा पहिलो सेवा हो । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा इन्द्र ढकालले छाला तथा कुष्ठ रोगसँग सम्बन्धित बिरामी आउने अस्पतालमा यस सेवाले धेरै सहज भएको बताए ।


परीक्षणका लागि अस्पताललाई फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी ग्रामिण विकास केन्द्रले कुष्ठरोगको बायोप्सी परीक्षण गर्ने उपकरण हस्तान्तरण गरेको छ । उपकरणहरुमा नमुना कन्टेनर र माइक्रोस्कोप लगायत रहेको इन्द्रणीका अध्यक्ष महेन्द्रप्रसाद पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा अवैध सामान बरामद

३ माघ २०७९, मंगलवार १४:१३
नेपालगञ्ज : प्रहरीले बाँकेमा ८० हजार बराबरको अवैध सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जयसपुर बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त अवैध सामान बरामद गरेको हो । अन्दाजी मुल्य ८० हजार बराबरको चिनी १ क्विन्टल र लेडिज कुर्ता सुरुवाल–९० थान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । बरामद गरिएका […]