डिपोमा इन्धन भरिए पनि जहाजमा ‘रिफिल’ भएन

सदरलाइन संवाददाता २२ मंसिर २०७९, बिहीबार १३:४३
 

दाङ : दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको ६ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो ।

भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ । त्यस्तै मङ्गलबार मात्रै निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन ‘रिफिल’ गर्न योग्य रहेको प्रमाणित भइसकेको छ । रिफल गर्न योग्य भएको कुरा एक हप्ताअघि नै नेपाल वायुसेवा निगमलाई जानकारी पनि गराइएको छ तर, पनि जहाजमा ‘रिफिल’ गर्न सकिएको छैन ।

नेपाल वायु सेवा निगम दाङका स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार निगमका दुई वटा जहाज एकैपटक ‘ग्राउन्डेड’ हुँदा हवाई सेवा नियमित भएको छैन । मङ्सिर महिनामा १७ गते शनिबार मात्रै हवाई उडान भयो । त्यसअघि र त्यसपछि जहाज नै आएको छैन । शनिबार आउँदा ‘डकुमेन्ट’का कुराहरु नमिल्दा रिफिल गर्न नसकिएको उनले बताए ।


उनका अनुसार अबको केही दिनमा नियमित हवाई सेवा सूचारु हुने र रिफिलको काम हुनेछ । उक्त डिपोमा ३० हजार लिटर र बाउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्न सकिन्छ । एयरपोर्टबाटै इन्धन रिफिल गर्न थालेपछि यहाँको हवाई सेवा प्रभावकारी हुनेछ । यसअघि काठमाडौँबाटै इन्धन ल्याएर आउनुपर्ने अवस्था थियो ।

त्यसले गर्दा केही सिट काठमाडौँबाट खाली ल्याउनुपर्ने अवस्था थियो । त्यसले पनि हवाई भाडा महँगो हुँदै आएको थियो । अहिले एयरपोर्टमा १९ सिटे टुइनेटर मात्रै बस्ने गरेको छ । एयरपोर्टको धावनमार्ग ७५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन् । जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन् ।

अहिले दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम रु.आठ हजार ८१० छ भने अधिकतम रु.१२ हजार ६६५ रहेको छ । काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको रु.२०० बढी हुन्छ । काठमाडौँमा यात्रु सेवाबापत रु.५०० रहेको, दाङमा रु.३०० रहेकाले काठमाडौँबाट दाङ आउँदा रु.२०० बढी लाग्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किराँत समुदायद्वारा उधौली पर्व मनाईंदै

२२ मंसिर २०७९, बिहीबार १३:४३
नेपालगञ्ज : प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ मनाईंदैछ । हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । ‘किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ,’ किराँती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राई भन्छन्, यस चाडमा […]

सम्बन्धित