बिद्यालयमा मोबाईल ल्याउने विद्यार्थीलाई कारवाही गर्न निर्देशन

सदरलाइन संवाददाता १७ मंसिर २०७९, शनिबार १५:५४
 

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकाको शिक्षा शाखाले बिद्यालयमा बिद्यार्थीहरुलाई अनुशासनमा राख्न कडा कदम चालेको छ ।

शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ढकालले सार्वजनिक बिज्ञाप्ती जारी गर्दै बिद्यार्थीहरुलाई मुन्द्रा र बाला लगाउने बिद्यार्थीहरुलाई कारवाही गर्न सम्बन्धित बिद्यालयलाई निर्देशन दिएको छ ।


त्यस्तै, भद्दा र अनावश्यक कपाल पाल्ने, बिद्यालयमा मोबाईल बोकेर आउने, बिद्यालयको पोशाक नलगाउने, गाँजा चरेश, चुरोट गुट्का खाने बिद्यार्थीहरुलाई कारवाही गर्न निर्देशन दिएको हो ।

शिक्षा प्रमुख ढकालले जारी गरेको बिज्ञाप्तीमा भनिएको छ, ७ दिन भित्रै त्यस्ता बिद्यार्थीहरुलाई अनुशासनमा ल्याउन र अनुगमनका क्रममा त्यस्तो गतिबिधि भएको पाइए कानुन बमोजिक कारवाही गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आठौं धारा नेपालगञ्ज म्याराथनमा सिद्धार्थ बैंकको सहकार्य

१७ मंसिर २०७९, शनिबार १५:५४
नेपालगञ्ज : यही मंसिर २४ गते शनिवार हुने आठौं धारा नेपालगञ्ज म्याराथनमा सिद्धार्थ बैंकले अफिसियल बैंकिङ पार्टनरका रुपमा साझेदारी गरेको छ । ‘सम्बन्ध सधैंभरिलाई’ मुन नारा रहेको सिद्धार्थ बैंकका देशभर १ सय ९३ सेवाप्रदायक सञ्जाल रहेका छन् । बैंकका उपप्रदेश कार्यालय हेड उपेन्द्र प्रकाश गड्तौला र क्रियटिभ गन्ज मिडिया एण्ड […]